• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

लैङ्गिक उत्तरदायित्वसम्बन्धी नीतिसंवाद कार्यक्रम


  •   शनिबार, असार १३, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    गभर्नेन्स ल्याबको आयोजना तथा दलित चेतना विकास परिषद् अर्घाखाँचीको सहजीकरणमा “लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि सरोकारवालासँग पालिकास्तरीय नीति संवाद कार्यक्रम” सम्पन्न भएको छ ।

    सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य तथा भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाको अध्यक्षतामा २०८३ असार १२ गते सन्धिखर्कमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सन्धिखर्क नगरप्रमुख श्रेष्ठले लैङ्गिक समानता र सामाजिक समावेशिता सुशासनका आधारभूत पक्ष भएको उल्लेख गर्दै महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायका अधिकार सुनिश्चित गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताए ।

    नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र समृद्ध, न्यायपूर्ण र समावेशी समाज निर्माण सम्भव हुने उनको भनाइ थियो ।

    अध्यक्षता गरिरहेका भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने, समावेशी नीति तथा बजेट निर्माण गर्ने र जिम्मेवार स्थानीय शासन प्रवद्र्धन गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताए ।

    सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले लैङ्गिक उत्तरदायी तथा समावेशी शासन बहुआयामिक विषय भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

    कार्यक्रममा गभर्नेन्स ल्याबकी प्रदेश संयोजक राधा अधिकारीले लैङ्गिक उत्तरदायी तथा समावेशी शासनको अवधारणा, स्थानीय तहको भूमिका, नीतिनिर्माणमा नागरिक सहभागिता तथा समावेशी विकासका विषयमा प्रस्तुतीकरण गरे ।

    दलित चेतना परिषद् अर्घाखाँचीका अध्यक्ष राधा नेपालीको सहजीकरणमा सम्पन्न कार्यक्रममा उपस्थित सरोकारवालाबिच छलफल गराइएको थियो ।

    छलफलका क्रममा सहभागीले स्थानीय सरकारलाई थप उत्तरदायी, समावेशी र नागरिकमैत्री बनाउन यस्ता नीतिसंवाद कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए, साथै स्थानीय तहको योजना तर्जुमा, बजेट विनियोजन तथा सेवाप्रवाहमा लैङ्गिक उत्तरदायित्व र समावेशीकरणलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

    शनिबार, असार १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.