• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • बाँके । डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आउनुभएको छ ।

    Advertisement

    यस वर्ष उहाँले झन्डै पाँचका जग्गामा पिँडालुखेती गर्नुभएको छ । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उहाँ पिँडालुखेतीमा लाग्नुभएको हो ।

    मौरियाले भन्नुभयो, “पिँडालुखेतीमा ठूलो लगानी आवश्यक पर्दैन । बीउ, मल र सिँचाइका लागि केही खर्च लाग्छ तर उत्पादन राम्रो भयो भने मेहनत खेर जाँदैन”, उहाँले भन्नुभयो । “हामीले वर्षौंदेखि पिँडालुखेती गर्दै आएका छौँ । यसबाट घरखर्च चलाउन सहयोग पुगेको छ र खेतीप्रति उत्साह पनि बढेको छ ।”

    मौरियाले बीउ रोपेको करिब पाँच महिनापछि उत्पादन बिक्रीका लागि तयार हुन्छ । त्यस अवधिमा खेतको नियमित हेरचाह, गोडमेल तथा सिँचाइ गर्नुपर्ने हुन्छ । “पिँडालु लगाएर छोड्ने मात्र होइन, बीचबीचमा खेतको हेरचाह गरिरहनुपर्छ”, उहाँले भन्नुभयो ।

    उत्पादन भएको पिँडालु बिक्रीका लागि बजारसम्म लैजानुपूर्व नै धेरैजसो व्यापारी खेतमा पुग्ने गरेको उहाँले बताउनुभयो ।

    “अहिले तरकारी व्यवसायी खेतमै आएर पिँडालु किनेर लैजानुहुन्छ”, उहाँले भन्नुभयो । “एकैपटक धेरै परिमाणमा बिक्री हुँदा किसानलाई सहज हुन्छ । खेतमै बिक्री भएपछि ढुवानीको खर्च पनि बच्ने गर्छ ।”

    उहाँका अनुसार खेतबाट बिक्री नभएको पिँडालु भने स्थानीय बजारसम्म पुर्याएर बिक्री गर्ने गरिएको छ । “कहिलेकाहीँ सबै उत्पादन खेतमै बिक्री हुँदैन”, उहाँले भन्नुभयो । “त्यस्तो अवस्थामा आफैँ बजारसम्म लगेर बिक्री गर्नुपर्छ । त्यसका लागि केही समय र मेहनत बढी लागे पनि उत्पादन खेर जान दिँदैनौँ ।”

    नन्दराम मौरियाले गाउँमा सडक सञ्जाल विस्तार भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन धेरै सहज भएको अनुभव सुनाउनुभयो । “पहिले बाटो राम्रो थिएन । वर्षाको समयमा झन् समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो । “उत्पादन बजारसम्म लैजान कठिन हुने भएकाले किसानले उचित मूल्य पनि पाउन सक्दैनथे । अहिले सडक पक्की भएपछि खेतमा उत्पादन भएको तरकारी, पिँडालु र अन्य कृषिउपज सजिलै बजारसम्म पुग्न थालेका छन् ।”

    “पहिले किसानले बजार खोज्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले व्यापारीहरू गाउँमा आउनुहुन्छ ।”

    मौरियाले पछिल्ला वर्षमा पिँडालुको बजार मूल्यमा आएको सुधारले किसानलाई थप हौसला मिलेको बताउनुभयो ।

    “कृषकले उत्पादन गरेको वस्तुको मूल्य राम्रो पाउँदा खेती गर्ने उत्साह बढ्छ”, उहाँले भन्नुभयो । “मूल्य राम्रो भयो भने किसानले अर्को वर्ष थप क्षेत्रफलमा खेती गर्न चाहन्छन् ।”

    डुडुवा गाउँपालिका बल्दीपुरुवाम नन्दराम मौरियाजस्तै श्रीचन्द मुराउ, अम्बर मुराउलगायत अन्य किसान पनि व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका छन् । स्थानीय किसानका अनुसार यस वर्ष उत्पादन र मूल्य दुवै अनुकूल रहेकाले पिँडालु खेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ ।

    किसानले उचित मूल्य, सहज बजार पहुँच र कृषि सामग्रीको उपलब्धता सुनिश्चित गर्नसके पिँडालुखेती यसक्षेत्रको महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुनसक्ने विश्वास व्यक्त गरिएको छ ।

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.