• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

    Advertisement

    गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा उक्त योजना समावेश गर्दै यसबाट छोरीहरूको उच्च शिक्षामा पहुँच बढ्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकावासीले शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा व्यापार–व्यवसायका लागि जिल्ला सदरमुकाम जनकपुरधाम आउजाउ गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा बस सेवा सञ्चालन गर्ने भएको छ ।

    स्थानीयवासीलाई सुलभ यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा बस सेवा सञ्चालन गर्दा स्थानीय नागरिकको दैनिक आवागमनलाई सहज बनाउने लक्ष्य लिएको हो ।

    गाउँपालिका अध्यक्ष राजकुमार साहले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै न्यून शुल्कमा नियमित बस सेवा सञ्चालन गरी स्थानीय नागरिकको यातायात खर्च कम गर्ने र सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको बताउनुभयो ।

    धनौजी गाउँपालिका धनुषाको दक्षिणी क्षेत्रमा अवस्थित स्थानीय तह हो । यहाँका बासिन्दा विभिन्न कामका लागि दैनिक रूपमा जनकपुरधाम आउजाउ गर्दै आएका छन् ।

    निजी सवारीसाधनको अभाव तथा सार्वजनिक यातायातको अनियमितताका कारण स्थानीय नागरिकले सास्ती भोग्दै आएकाले गाउँपालिकाले आफ्नै पहलमा बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले बताउनुभयो ।

    यस्तै गाउँपालिकाले स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पाँच वर्षभित्र धनौजी गाउँपालिकालाई पूर्ण पोषणयुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।

    कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्यकर्मीमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।

    स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने र घरबाट जिल्ला अस्पतालसम्म उपचारका लागि लैजान निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराइने तथा उहाँहरूको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था समेत मिलाइने प्रमुख प्रशासकीय अधिकृत दासले बताउनुभयो ।

    कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले ‘एक गाउँ अनेक उद्यान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रममार्फत गाउँका विभिन्न क्षेत्रमा फलफूल तथा अन्य कृषि बालीका उद्यान विकास गरिनेछ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आयआर्जन बढाउने लक्ष्यसहित किसानलाई विभिन्न प्रकारका अनुदान कार्यक्रम पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दासका अनुसार कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, पोषण सुधार, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई आगामी वर्षको बजेट तथा कार्यक्रमको केन्द्रमा राखिएको छ । स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उहाँले बताउनुभयो ।

    धनौजी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्ताव गरेको छ । गाउँसभामा प्रस्तुत बजेटअनुसार चालुतर्फ रु ३५ करोड १० लाख ५७ हजार तथा पुँजीगततर्फ रु २५ करोड ५५ लाख विनियोजन गरिएको छ ।

    गाउँपालिका अध्यक्ष साहले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सडक तथा पूर्वाधार विकास, खानेपानी, सरसफाइ र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । बजेट तथा कार्यक्रम कार्यान्वयनबाट स्थानीय नागरिकको जीवनस्तर सुधार हुनुका साथै गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.