टोकियो । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा चार जना घाइते भएका छन्।
Advertisement
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प इवाटे प्रान्तको प्रशान्त तटबाट ४४ किलोमिटर गहिराइमा केन्द्रित थियो। स्थानीय अग्निशमन विभागका अनुसार घाइते चार जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
अधिकारीहरूले आगामी केही दिनसम्म शक्तिशाली परकम्पन आउन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
चार टेक्टोनिक प्लेटको संगम क्षेत्रमा अवस्थित जापान विश्वकै उच्च भूकम्पीय जोखिम भएका मुलुकमध्ये एक हो। यसअघि सन् २०११ मा ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।