काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार तथा बहराइन दिनारलगायत अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा थियो। गत जेठ ७ गते अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो, जहाँ खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो।
त्यसैगरी, आज युरो एकको खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ। पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ९२ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने बताइएको छ।