धनगढी । कैलालीमा पर्याप्त वर्षा नहुँदा रोपिएको धानको रोपो सुक्न थालेको छ। असारमै खेतमा धाँजा फाट्न थालेपछि किसान चिन्तित बनेका छन्। भूमिगत पानी र बोरिङको सहारामा रोपाइँ गरे पनि अत्यधिक गर्मी र सुक्खाका कारण सिँचाइ खर्च बढेको छ।
Advertisement
भजनी, जुगेडालगायत क्षेत्रमा किसानले डिजेल प्रयोग गरेर रोपाइँ गरे पनि बोरिङमा पानी सुक्न थालेपछि कतिपयले रोपाइँ रोक्नुपरेको बताएका छन्।
यता, कमजोर मनसुनका कारण कैलालीसहित सुदूरपश्चिमका जिल्लामा खेती प्रभावित भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै, डिएपी र युरिया मलको अभावले रोपाइँमा थप समस्या सिर्जना भएको किसानको गुनासो छ।
सिँचाइ र मलखाद दुवै समस्याका कारण यस वर्ष धान उत्पादनमा उल्लेख्य असर पर्ने चिन्ता किसानले व्यक्त गरेका छन्।

