• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

डिजिटल युरोको दौड


  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
  • ब्रसेल्स, ९ असार । अमेरिकी भुक्तानी प्रणालीमाथिको निर्भरता घटाउँदै आफ्नै डिजिटल भुक्तानी संरचना निर्माण गर्ने उद्देश्यसहित युरोपेली सङ्घ (इयु) ले डिजिटल युरो परियोजनालाई अगाडि बढाएको छ । भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता अमेरिकी सेवाको विकल्पका रूपमा डिजिटल युरोलाई अघि सार्दै इयुले आफ्नो आर्थिक सार्वभौमिकता बलियो बनाउने रणनीति लिएको छ ।

    Advertisement

    यसै उद्देश्यका साथ युरोपेली सांसदहरूले मङ्गलबार डिजिटल युरोसम्बन्धी बहुप्रतीक्षित प्रस्तावमा मतदान गर्ने तयारी गरेका छन् । युरोपसँग आफ्नै साझा डिजिटल भुक्तानी प्रणालीको अभाव रहेको निष्कर्ष निकालिएको आधारमा युरोपेली केन्द्रीय बैंक (इसिबी) ले सन् २०२० मै डिजिटल युरोको अवधारणा सार्वजनिक गरेको थियो ।

    डिजिटल युरो लागू गर्न युरोपेली संसद् र सदस्य राष्ट्रहरूको स्वीकृति आवश्यक पर्नेछ । यदि वर्षको अन्त्यसम्म आवश्यक कानूनी प्रक्रिया पूरा भएमा इसिबीले सन् २०२७ को मध्यतिर परीक्षण कार्यक्रम सञ्चालन गर्ने र सन् २०२९ सम्म सर्वसाधारणका लागि डिजिटल युरो उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    डिजिटल युरो बैंक खातामा रहेको सामान्य रकमभन्दा फरक हुनेछ । प्रयोगकर्ताले बैंक वा हुलाक कार्यालयजस्ता संस्थामार्फत विशेष डिजिटल वालेट खोल्नुपर्नेछ, जहाँ रकम जम्मा गरेर डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ । कार्ड, मोबाइल एप, फोन वा अनलाइन प्रणालीमार्फत पसल तथा व्यक्तिबीच प्रत्यक्ष कारोबार गर्न सकिने व्यवस्था गरिने योजना छ ।

    इसिबीले यस प्रणालीले प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्ने जनाएको छ । अधिकारीहरूका अनुसार अफलाइन भुक्तानीको सुविधा पनि उपलब्ध हुनेछ । यसले नगद कारोबारसरह गोपनीयता प्रदान गर्नेछ । डिजिटल युरोले नगद वा निजी भुक्तानी प्रणालीलाई विस्थापित नगरी थप विकल्प उपलब्ध गराउने दाबी गरिएको छ।

    इसिबीका डिजिटल युरो निर्देशकका सल्लाहकार एलेसान्ड्रो जियोभान्निनीले बैंक तथा व्यापारीहरूलाई नयाँ प्रणालीमा अनुकूल हुन समय आवश्यक पर्ने बताउनुभयो । उहाँका अनुसार डिजिटल युरोले उपभोक्तालाई अझ डिजिटल बन्दै गएको जीवनशैलीमा भुक्तानीको विकल्प छनोट गर्ने स्वतन्त्रता प्रदान गर्नेछ ।

    इयुका नीति निर्माताहरूले भुक्तानी प्रणालीलाई आर्थिक शक्तिको साधनका रूपमा व्याख्या गरेका छन् । सांसद गिल्स बोयरले युरोपले लामो समयदेखि अमेरिकी प्रणालीमाथिको निर्भरता भोगिरहेको र अब आफ्नै सार्वभौम भुक्तानी प्रणाली निर्माण गर्ने समय आएको बताउनुभयो ।

    युरोपेली अधिकारीहरूले सन् २०२५ मा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशमाथि लगाएको प्रतिबन्धलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । त्यसबेला एक फ्रान्सेली न्यायाधीशले आफ्नो भिसा कार्ड प्रयोग गर्न नसकेको घटना युरोपेली भुक्तानी स्वतन्त्रताको बहसमा उल्लेख हुने गरेको छ ।

    इसिबीका अनुसार युरो क्षेत्रका झण्डै दुई तिहाइ कार्ड भुक्तानी गैर–युरोपेली कम्पनीहरू, विशेषगरी भिसा र मास्टरकार्डमार्फत सञ्चालन हुने गरेका छन् । साथै २१ मध्ये १३ युरोजोन देशमा दैनिक भुक्तानीका लागि आफ्नै राष्ट्रिय कार्ड प्रणालीसमेत छैन ।

    यद्यपि डिजिटल युरो योजनाप्रति युरोपेली बैंकहरू भने सशङ्कित छन् । बैंकिङ क्षेत्रले नयाँ प्रणालीमा रूपान्तरण गर्न ठूलो लागत लाग्ने र ग्राहकहरूले आफ्नो निक्षेप डिजिटल युरोमा सारेमा बैंकको वित्तीय स्थिरतामा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

    युरोपेली बैंकिङ महासङ्घले यसका लागि करिब १८ अर्ब युरो खर्च लाग्न सक्ने अनुमान गरेको छ भने इसिबीले वास्तविक लागत चारदेखि पाँच अर्ब ८० करोड युरोबीच रहने दाबी गरेको छ । इसिबीले डिजिटल युरोको संरचनाले ठूलो मात्रामा निक्षेप बाहिरिने जोखिम रोक्ने भएकाले बैंकिङ प्रणालीमा गम्भीर असर नपर्ने जनाएको छ ।

    युरोपेली बैंकहरू आफ्ना अनलाइन सेवाको माग घट्ने र प्यान–युरोपेली भुक्तानी प्रणाली ‘वेरो’ सँग डिजिटल युरोले प्रतिस्पर्धा गर्न सक्ने चिन्तामा समेत रहेका छन् ।

    मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.