काठमाडौं, असार ८ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खैरो सूची (ग्रे लिस्ट)बाट बाहिरिन पुनः असफल भएको छ।
Advertisement
फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीको जोखिम भएका मुलुकहरूको खैरो सूचीमै यथावत् राख्ने निर्णय गरेको हो।
एफएटीएफले नेपाललाई कानुनको प्रभावकारी कार्यान्वयन, वित्तीय प्रणालीको अनुगमन सुदृढीकरण तथा उच्च जोखिमयुक्त क्षेत्रको नियन्त्रणमा थप सुधार गर्न सुझाव दिएको छ।
नेपाल यसअघि सन् २००८ मा खैरो सूचीमा परेको थियो भने आवश्यक कानुनी तथा नीतिगत सुधारपछि सन् २०१४ मा उक्त सूचीबाट बाहिरिएको थियो। तर पछिल्ला सुधार पर्याप्त प्रभावकारी हुन नसक्दा नेपाल पुनः खैरो सूचीमै कायम भएको हो।

