गलकोट, असार ७ । बागलुङको गलकोट नगरपालिका–१ काफलठुटामा बस र बोलेरो पिकअप एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
Advertisement
ढोरपाटनबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ७६३५ नम्बरको बस र बागलुङबाट हटियातर्फ आउँदै गरेको ध १ ज ७५४ नम्बरको बोलेरो पिकअप शनिबार दुर्घटनामा परेका हुन्।
दुर्घटनामा बसमा सवार ७ जना र बोलेरोमा सवार ३ जना गरी १० जना घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ। घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ भने बाँकी ७ जनाको इमर्जेन्सी अस्पताल हटियामा उपचार भइरहेको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।