• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बाढी–पहिरोको कहर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यातायात प्रभावित


  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । पछिल्ला केही दिनदेखि निरन्तर भइरहेको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो विवरणअनुसार आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण तथा आंशिक अवरोध देखिएको छ।

    Advertisement

    कोशी प्रदेशमा बाढीको असर

    कोशी प्रदेशका विभिन्न जिल्लामा बाढीका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङवरक गाउँपालिका–२ दोभान क्षेत्रमा आएको बाढीले मध्यपहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा बाढीका कारण मेची राजमार्ग पनि प्रभावित बनेको छ।

    यी तीनै स्थानमा हाल सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेको सडक विभागले जनाएको छ।

    बीपी राजमार्गमा पूर्ण रोक

    बागमती प्रदेशअन्तर्गत पर्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडक खण्डमा सम्भावित बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

    काठमाडौँ जोड्ने वैकल्पिक सडक एक महिनाका लागि बन्द

    मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्डमा मर्मत कार्य जारी रहेकाले उक्त सडक आगामी एक महिनासम्म पूर्ण रूपमा बन्द गरिएको छ। यस मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

    गण्डकी प्रदेशमा पहिरोले सडक ठप्प

    गण्डकी प्रदेशमा पहिरोका कारण दुई महत्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा खसेको पहिरोले बेँसीसहर–मनाङ सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

    त्यसैगरी, नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–३ घोक्रफाँट क्षेत्रमा आज बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

    सतर्कता अपनाउन आग्रह

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढ्दै गएको छ। सम्बन्धित निकायले यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

    शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.