• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बालबालिका भन्छनः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • दुर्गा देवकोटा/रासस

    Advertisement

    टीकापुर (कैलाली), ५ असार । टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन् ।

    ‘जनप्रतिनिधिसँग बालबालिका संवाद’ कार्यक्रममा सहभागी बालबालिकाले टीकापुर भारतीय सीमासँग जोडिएको पालिका भएकाले यहाँ लागुऔषधमा बालबालिका फस्दै गएकाले यसमा कडाइ गर्नेगरी काम गरिदिन माग गरेका हुन् ।

    टीकापुर नगरपालिका-८ का बालक पृतमबहादुर टमट्टाले लागुऔषधको सेवनमा आफ्ना साथीहरू फसिरहेकाले यसलाई न्यूनीकरण गर्नेगरी प्रभावकारी पहलको माग गरेका छन् । “सीमा नजिक भएकाले वारिपारि गर्न खासै समस्या छैन, कतिपय साथीहरू भारत जाने उतै खाएर आउने गरेका छन्”, उनले भने, “स्थानीय पालिकाले बालबालिका व्यस्त राख्न खेलमैदान, खेल सामग्री उपलब्ध गराउनुपर्‍यो, विद्यालयमा पनि अतिरिक्त क्रियाकलाप हुनुपर्‍यो । स्थानीय सरकारले बालबालिकालाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्‍यो ।”

    बालिका इशा साउँदले विद्यालयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने व्यवस्था भए पनि यहाँका विद्यालयका प्रवेशमार्ग नजिकै सुर्तीजन्य पदार्थको बिक्री वितरण हुने गरेको बनाइन् । “विद्यार्थीहरू विद्यालय चलिरहेकै समयमा बाहिर पसलमा गएर सुर्तीजन्य पदार्थ, लागुऔषध खाएर कक्षामा आउँछन्, कक्षामै सुत्छन्”, उनले भनिन्, “अनि हामीलाई कक्षामा सुरक्षा महसुस हुन्छ त ? हामी कुलतमा फसेका साथीहरूसँग डराउँछौँ ।”

    टीकापुर-७ का बालक रवीन्द्रबहादुर घर्तीमगरले लागुऔषध र बालविवाह रोक्न हरेक समुदायमा रुपान्तरण कक्षा सञ्चालन गरिदिन माग गरेका छन् । “यहाँका अधिकाँश बालबालिकाका अभिभावक रोजगारीका लागि भारतमा छन्, कतिपयका अभिभावक नै छैनन्”, उनले भने, “आफैँ घरव्यवहार चलाउने बालबालिकाको निगरानी कसैले गरेको छैन । उमेर नपुग्दै विवाह गरेर भारत जाने पनि धेरै छ । बालविवाह रोक्ने योजना बनाइदिनुस् ।”

    बालिका अङ्किता टमट्टाले विद्यालयमा बालबालिका बिरामी भएमा विद्यालयमा आराम कक्ष, उपचारको सुविधा नभएको गुनासो गरिन् । “साथीहरू बिरामी भएमा अर्को साथीले स्याहार्नुपर्छ, उसलाई अटोमा राखेर घर पुगाउने कार्य पनि हामी आफैँ गर्छौं, यसो गर्दा हाम्रो पढाइ छुट्छ”, उनले भनिन्, “समस्यामा रहेका विद्यार्थीका लागि छुट्टै शिक्षक आवश्यक देखिन्छ ।”

    बालिका अर्पणा चौधरीले बालविवाहले समाजमा नकारात्मक असर पारिरहेकाले नीतिगत र व्यवहारिक रूपमा बालविवाह रोक्न सघाउने कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । बालक अरुण टमट्टाले लागुऔषध र बालविवाहका कारण विद्यालयबीचमा छोड्ने दर बढेकाले यसमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरेका हुन् । “कक्षा ८ सम्म यहाँहरूले निःशुल्क शिक्षा दिनुभएको छ, कक्षा १० सम्म निःशुल्क बनाइदिनुस्”, उनले भने, “विपन्न बालबालिका गलत बाटोमा लाग्ने जोखिम बढी छ । उनीहरूलाई सघाउने शैक्षिक कार्यक्रम ल्याउन अनुरोध छ ।”

    स्थानीय पालिकाले बालबालिकालाई सिर्जनात्मक कार्यमा लगाउनुपर्ने, बिदाको दिन बालबालिका र अभिभावकका लागि व्यवहारिक शिक्षा दिनुपर्ने माग गरेका छन् । वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बाल कल्याण सङ्घ टीकापुरको आयोजनामा बाल समृद्धिका लागि हालेमालो तथा एकिकृत विकास कार्यक्रमले बाल समृद्धिका क्षेत्रमा काम गरिरहेको छ ।

    बाल कल्याण सङ्घका कार्यक्रम संयोजक राधिका गिरीले कैलालीका पाँच पालिकामा बालबालिकाको शिक्षामा पहुँच वृद्धिका लागि जोखिममा रहेका बालबालिकाको सुरक्षा र संरक्षणमा सघाउँदै आएको बताउनुभयो । “बाल सहभागिता बढाउने, बालविवाह रोकथाम, बालश्रम, हिंसा तथा दुव्र्यवहार विरुद्ध सचेत बनाउने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बालमैत्री वातावरण निर्माणका लागि स्थानीय पालिकाले लगानी बढाउनुपर्छ । हामी पनि सहकार्य गर्न तयार छाैँ ।”

    वल्ड भिजनका जिल्ला संयोजक मङ्गल शाहले कैलाली र कञ्चनपुरमा बालमैत्री र पोषणमैत्री स्थानीय शासनका लागि सघाइरहेको बताउँदै बालमैत्री र पोषणमैत्री पालिका बनाउन प्राथमिकता दिएर काम गर्न सुझाव दिँदै आफूहरूले सहकार्य गर्ने बताउनुभयो ।

    धनसिंहपुर स्वास्थ्यचौकीका इञ्चार्ज यमबहादुर शाहले किशोरकिशोरीमा मनोसमस्या बढ्दै गएकाले आफूहरूले महिनामा एक दिन हरेक विद्यालयमा मानसिक शिक्षा दिने गरेको बताउनुभयो । “यसलाई निरन्तर गर्नुपर्छ । किशोरावस्थामा देखिने मानसिक समस्यामा अभिभावक, विद्यालय, सरकार सबै गम्भिर बन्नुपर्छ”, उहाँले भन्नुभयो, “विद्यालयमा पानी, सरसफाइ मात्र होइन विद्यालय नर्स भएमा यी समस्या समाधान हुन्छन् ।”

    टीकापुर-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भोलिको सुन्दर समाजका लागि बालबालिकामाथि लगानी बढाउनुपर्ने भन्दै यसतर्फ वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधि सचेत रहेका बताउनुभयो । “बालबालिका व्यस्त राख्नुपर्छ भनी हरेक वर्ष वडास्तरमा पनि वडा कप प्रतियोगिता गरिरहेका छौँ । सबै विद्यालयमा रहेका खेलमैदान सुधारमा प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “खेलकुदमा युवा व्यस्त राख्ने प्रयास गरेका छौँ । बालविवाह न्यूनीकरणमा पनि सचेतनामूलक काम गरिरहेका छौँ ।”

    कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेका बेला बालबालिकासँगको छलफल महत्वपूर्ण रहेको बताउनुभयो । “यहाँहरूले माग गरेका विषय बजेटमा ल्याउने प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो, “बालबालिका असल भएमात्र देश राम्रो हुने भएकाले बालबालिकाको शिक्षा, स्वास्थ्य हाम्रो प्राथमिकतामा छ ।”

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.