• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • दमौली (तनहुँ), ५ असार । जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् । घरायसी कामकाजमा मात्रै सीमित देखिने महिला नयाँ सीप सिक्दै उद्यमी बन्ने सपना बनाइरहेका छन् ।

    Advertisement

    गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक उद्यम विकास तालिमले मनहरीका महिलामा आत्मविश्वास र आशाको नयाँ सञ्चार गरेको हो । म्याग्दे–४ को सहजीकरणमा सञ्चालित तालिममा ३५ जना महिला सहभागी छन् । तालिममा सहभागीले आफ्नो भविष्यको आर्थिक आधार निर्माण गर्दै आत्मनिर्भर बन्ने तयारीमा जुटिरहेका छन् ।

    महिलालाई आत्मनिर्भर बनाउन स्थानीय स्रोतसाधनको उपयोग गरेर आयआर्जन गर्न सकिने सीप सिकाउन थालिएको म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नेपाली कागजबाट पूजाआजामा प्रयोग हुने सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ ।

    त्यस्तै स्थानीयस्तरमा उपलब्ध हुने कृषि उत्पादन प्रयोग गरेर विभिन्न प्रकारका अचार बनाउने सीपसमेत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

    तालिमस्थलमा सहभागी महिलाले करेला, आँप, कागती, खुर्सानीलगायत शाकाहारी अचार तयार गरिरहेका छन् । साथै मांसाहारीमा कुखुराको मासु, भैँसी तथा बँदेलको मासुको अचार बनाउने विधि सिक्दै उत्पादनलाई व्यावसायिक रूपमा कसरी बजारमा लैजान सकिन्छ भन्ने विषयमा जानकारी हासिल गरिरहेका न्यौपानेले बताउनुभयो ।

    आर्थिक विकास शाखा प्रमुख न्यौपानेले महिलालाई केबल सीप सिकाउने मात्र नभई उहाँहरूलाई उद्यमीका रूपमा स्थापित गराउनु मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । “हामीले महिलाले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकुन् भन्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय स्रोत र सीपको प्रयोग गरेर महिलाले आफ्नै गाउँमा बसेर आयआर्जन गर्नसक्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । तालिमले उहाँहरूलाई सिर्जनशील र नवप्रवर्तनात्मक सोचतर्फ प्रेरित गरेको छ ।”

    तालिमकी प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले महिलाको सिकाइप्रतिको उत्साह निकै प्रेरणादायी रहेको बताउनुभयो । “सहभागीहरू नयाँ कुरा सिक्न अत्यन्त उत्साहित हुनुहुन्छ । उहाँहरूले उत्पादन बनाउने मात्र होइन, कसरी बजारमा बिक्री गर्ने, ग्राहकको आवश्यकता बुझ्ने र व्यवसायलाई दिगो बनाउने भन्ने विषयमा पनि चासो देखाउनुभएको छ”, उहाँले भन्नुभयो ।

    तालिममा सहभागी सरस्वती श्रेष्ठले तालिम सीप सिक्ने अवसर मात्र नभएर जीवनमा नयाँ सम्भावना खोज्ने माध्यम पनि बनेको बताउनुभयो । “हामीले यसअघि झोल साबुन उत्पादन गरेर सानो व्यवसाय गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “अब धूप, बत्ती र विभिन्न अचार उत्पादन गरेर बजारमा लैजाने योजना बनाएका छौँ ।”

    म्याग्दे–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले महिलाको माग र आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकासँग समन्वय गरी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । “महिलामा क्षमता छ, आवश्यक अवसर र सीप दिनुपर्छ, यसले आत्मनिर्भर बनाउँछ भन्ने लागेर सीप सिकाउन लागेका हौँ”, उहाँले भन्नुभयो, “यो तालिमले उहाँहरूलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ । अब सिकेको ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्ने जिम्मेवारी उहाँहरूकै हो ।”

    तालिमको सफलताका लागि बजारीकरण पक्षलाई पनि प्राथमिकता दिइएको छ । गाउँपालिकाले पोखरास्थित साइनो किचन कर्नरसँग सहकार्य थालेको छ । उक्त संस्थाले आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा तालिमबाट उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ३.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ४.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ५.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ६.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.