• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि किसान उत्साहित


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • राँझा (बाँके), असार ४ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी उपलब्ध गराउन थालेपछि यहाँक किसान उत्साहित भएका छन्।

    Advertisement

    राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको अवधिबाहेक किसानको मागअनुसार वर्षभरि नहरमा नियमित रूपमा पानी छोड्दै आएको छ।

    सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानलाई सिँचाइ अभाव हुन नदिन वर्षभरि आवश्यकताअनुसार पानी उपलब्ध गराइँदै आएको छ।

    “हामीले किसानको आवश्यकतालाई प्राथमिकतामा राखेर मर्मतसम्भारको समयबाहेक उहाँहरूको मागअनुसार वर्षभरि नहरमा पानी उपलब्ध गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो, “यसले गर्दा किसानले समयमै धान र गहुँ खेती मात्र नभई व्यावसायिक रूपमा बेमौसमी तरकारी खेतीसमेत गरी आर्थिक लाभ लिन थालेका छन्।”

    उहाँका अनुसार राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाका ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष रूपमा नियमित सिँचाइ सुविधा उपलब्ध गराइएको छ।

    विगतमा आकाशे पानीको भरमा धान खेती गर्दै आएका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका किसानले नियमित सिँचाइ सुविधा पाएपछि यस वर्ष समयमै धानको बीउ राख्न सफल भएका छन्।

    हालसम्म पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ सुविधा पुगेका क्षेत्रमा किसानहरूले धानको बीउ हुर्काइसकेको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले बताउनुभयो। उहाँले राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ अन्तर्गत फत्तेपुर क्षेत्रका किसानले समयमै धानको बीउ राखिसकेको उल्लेख गर्दै सिक्टा सिँचाइ आयोजना किसानका लागि वरदान सावित भएको बताउनुभयो।

    सिँचाइको नियमित सुविधा पुगेको २४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले समयमै धानको बीउ राख्न पाएका छन्। बाँकेमा सिक्टाको सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने घरायसी प्रयोजनका लागि प्रयोग हुने मोटर तथा कतिपय स्थानमा खानेपानीको धारा प्रयोग गरेर समेत धानको ब्याड तयार गरिएको छ।

    कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा सिँचाइ सुविधा पुगेका तथा वैकल्पिक उपाय अपनाएका क्षेत्रसमेत गरी हालसम्म करिब ४५ प्रतिशत किसानले धानको बीउ ब्याड राखिसकेका छन्।

    बाँके जिल्लामा प्रत्येक वर्ष ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.