• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कालीगण्डकीमा जलासय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा


  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • हरिप्रसाद बास्तोला/रासस

    Advertisement

    गण्डकी, ३ असार । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण भएपछि परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएको माझी समुदायको पेसा सङ्कटमा परेको छ । माछाका लागि प्रख्यात सो नदीमा बाँध निर्माणपछि बनेको ‘जलासय’मा माछा कमी हुँदा माझी र डुङ्गा चलाउन नपाउँदा बोटे समुदायको पेसा सङ्कटमा परेको हो ।

    बाउबाजेले गर्दै आएको पेसामा रमाउँदै आएका माझी समुदायका अनुसार जलासय बन्नुअघि कालीगण्डकी र आँधीखोलाको सङ्गम क्षेत्र आसपासमा माछा प्रशस्त पाइन्थ्यो । नदीमा जाल थापेपछि भोलिपल्ट बिहान जालभरि माछा पथ्र्याे । अहिले १४४ फिट उचाइको बाँध बनेसँगै तल्लो भागका माछा माथिल्लो क्षेत्रमा आउन रोकिएपछि माझी र बोटे समुदायको पेसा प्रभावित भएको हो ।

    साँझ जलासयमा जाल थापेर बिहान निकाल्दा कहिलेकाहीँ एउटा पनि माछा नपर्ने अवस्था सृजना भएको भन्दै मिर्मीका दिलबहादुर बोटेले भन्नुभयो, “पहिला माछाले घर चल्थ्यो, अहिले जाल थाप्दा पनि खाली हात फर्किनु पर्दछ । यही बाध्यताले माछा मार्ने पेसा छाडेर कालीगण्डकी जलयात्राको ‘स्टिमर’ चालक बन्न बाध्य भएँ, त्यो पनि अहिले राम्रो चलेको छैन, अब के पो गर्नु ।”

    उहाँका अनुसार मिर्मीदेखि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल हुँदै विश्वकै सबैभन्दा ठूलो ‘शिला’ मानिने सेतीबिनी क्षेत्रसम्म सञ्चालन हुने जलयात्रामा यात्रु घट्दै गएका छन् । कालीगण्डकी ‘करिडोर’ र आसपासका सडक विस्तार भएसँगै तीर्थयात्री तथा पर्यटकहरू जलमार्गको सट्टा सिधै सडकमार्गबाट गन्तव्यतर्फ पुग्न थालेपछि यसको प्रत्यक्ष असर स्टिमर व्यवसायमा परेको उहाँको भनाइ छ ।

    विसं २०६२ देखि स्टिमर चालकको काम गर्दै आएका दिलबहादुर बोटे भन्नुहुन्छ, “पहिला जलयात्राको छुट्टै आकर्षण थियो, अहिले सडक पुगेपछि यात्रु नै पाउन मुस्किल छ, नदीमा माछा छैन, स्टिमरमा यात्रु पनि छैनन् । विदेश जान नपरे हुन्थ्यो भन्ने थियो, अब अरु केही पेसा व्यवसाय केही नभएपछि बाहिर जानुपर्ने बाध्यता आइलाग्यो । पेसा व्यवसायको अभावमा अहिले हाम्रो समुदाय अप्ठ्यारोमा परेको छ ।” उहाँले भन्नुभयो, “अधिकांशको आफ्नै खेतीयोग्य जमिन छैन, नदी र माछा नै सबैको जीविकोपार्जनको आधार थियो । पछिल्लो समय परम्परागत पेसा सङ्कटमा परेपछि सो क्षेत्रका माछा मार्ने पेसामा आधारित सम्पूर्ण परिवारको भविष्य अन्योलपूर्ण बन्दै गएको छ ।”

    अर्का चालक मोहन बोटेको कथा पनि उस्तै छ । एउटै स्टिमरमा दुई जना चालक खटिने भए पनि यात्रु अभावले कामको निरन्तरता र आम्दानी दुवैमा चुनौती थपिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराबाट कालीगण्डकी जलयात्रामा सहभागी पत्रकारहरूसँग उहाँले भन्नुभयो, “माझी समुदायको उत्थानका लागि राज्यले सोच्नु पर्दछ ।”

    जलविद्युत् आयोजनाको मिर्मी बाँधबाट प्रभावित सो समुदायलाई विकल्पका रुपमा यस क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको भए पनि अहिलेसम्म जग्गाधनी पुर्जा पाउन नसकेको उनीहरूको गुनासो छ । कालीगण्डकी गाउँपालिका कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय प्रेमबहादुर बोटेका अनुसार मत्स्य अनुसन्धान केन्द्र मिर्मीले वार्षिक तीन लाखभन्दा बढी माछाका भुरा जलासयमा छोड्दै आएको तर वर्षाको बाढीले सबै बगाएर लैजाँदा समस्या सृजना भएको हो । कालीगण्डकी गाउँपालिका–७ मा मात्र माछा मार्ने पेसामा आबद्ध माझी र बोटे समुदायका गरी ३८ घरपरिवार छन् ।

    पालिकाले सो क्षेत्रमा प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिरहेको बताउँदै त्यसबाट माझी तथा बोट समुदायलाई राहत पुग्ने जनाएको छ । कालीगण्डकी जलयात्रा व्यवस्थापन समितिले हाल १५० देखि ९० जना यात्रु क्षमताका चारवटा स्टिमर सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा माझी तथा बोटे समुदायका अगुवाहरूले उक्त जलासयमा पर्यटक एवं तीर्थालु भक्तजनाका लागि डुङ्गा सयर गर्ने अनुमति दिए त्यसैमा रमाउँदै घरगाउँमै बसेर परिवार पाल्ने व्यवस्थाका लागि सरकारको ध्यानाकषर्ण गरेका छन् ।

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.