• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ग्यास अभाव र ‘आधा सिलिन्डर’ नीतिले बढाएको संकट


  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको छ। उपभोक्ता र विक्रेताले ग्यासका लागि घण्टौं लाइन बस्नुपरेको गुनासो गरेका छन्।

    Advertisement

    नेपाल आयल निगमले आपूर्ति सहज बनाउन ल्याएको ‘आधा सिलिन्डर’ नीति (७.१ किलो ग्यास) समस्या समाधान हुनुको सट्टा झन् जटिल बनेको व्यवसायीको आरोप छ। करिब तीन महिनाअघि १५ दिनका लागि सुरु गरिएको यो व्यवस्था अझै कायम रहँदा ढुवानी खर्च बढेको र आपूर्ति प्रणाली प्रभावित भएको बताइन्छ।

    पहाडी तथा तराईका जिल्लामा ग्यास नपाइने समस्या देखिएको छ। सल्यान, सुर्खेत, गुल्मी, जनकपुर र सर्लाहीसम्म उपभोक्ताले सास्ती भोगिरहेको गुनासो छ।

    ग्यास विक्रेता महासंघका अनुसार कृत्रिम अभाव नभई ढुवानी लागत वृद्धि र आपूर्ति व्यवस्थापनको कमजोरी मुख्य कारण हुन्। आधा सिलिन्डरका कारण ढुवानी दोब्बर महँगो परेको उनीहरूको भनाइ छ।

    जनकपुर, गुल्मी र सुर्खेतमा ग्यास आपूर्तिमा ढिलाइ, लागत वृद्धि र माग–आपूर्ति असन्तुलन देखिएको छ। पहाडी क्षेत्रमा त मूल्य अत्यधिक महँगो पर्न थालेको व्यवसायी बताउँछन्।

    उद्योगीहरूले कमिसन र ढुवानी भाडा घट्दा व्यवसाय सञ्चालनमै समस्या आएको बताएका छन्। भारतबाट आयात जारी रहे पनि टाढाका जिल्लामा ढुवानी जटिल हुँदा आपूर्ति प्रभावित भएको दाबी छ।

    तर उद्योगीहरूबीच तराईबाट भारततर्फ ग्यास तस्करी हुने आशंका पनि व्यक्त गरिएको छ।

    यता नेपाल आयल निगमले भने ग्यास अभाव नभएको र आपूर्ति नियमित भइरहेको दाबी गरेको छ। निगमका अनुसार बजारमा माग उल्टै घटेको छ र देखिएको समस्या आन्तरिक व्यवस्थापनसँग सम्बन्धित हो।

    विक्रेता महासंघले भने उपभोक्ताले पूर्ण सिलिन्डरको प्रतीक्षामा खाली सिलिन्डर राखेकाले वास्तविक माग नदेखिएको बताएको छ।

    हालसम्म ‘आधा सिलिन्डर’ नीति खारेज गर्ने कुनै निर्णय नभएको र पूर्ण सिलिन्डरमा फर्कन ढुवानी तथा आपूर्ति संरचना पर्याप्त नभएको जनाइएको छ।

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.