• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया


  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
  • लस एन्जलस, २ असार । विश्वकप फुटबलको उद्घाटन खेलमा इरानको राष्ट्रगानका क्रममा दर्शकदीर्घाबाट उठेको विरोध र समर्थनबीच इरानी खेलाडी रामिन रेजियानले त्यसलाई इरानीहरूको आन्तरिक विषय भएको बताउँदै बाह्य हस्तक्षेप आवश्यक नरहेको धारणा व्यक्त गर्नुभएको छ । लस एन्जलसमा भएको खेलले खेलकुदसँगै इरानको राजनीतिक विभाजनलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुनः उजागर गरेको छ ।

    Advertisement

    न्युजिल्यान्डविरुद्ध २–२ को बराबरीमा सकिएको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै इरानका गोलकर्ता रेजियानले राष्ट्रगान बजिरहेका बेला दर्शकबाट उठेको विरोधको आवाजबारे सोधिएको प्रश्नमा संयमित तर स्पष्ट प्रतिक्रिया दिनुभयो ।

    “यदि हामीबीच कुनै समस्या छ भने, त्यो हाम्रो विषय हो, तपाईंहरूको होइन”, उहाँले भन्नुभयो, “म तपाईंलाई सम्मान गर्छु, तर यो हामीबीचको कुरा हो र हामी आफैँ समाधान गर्नेछौँ । चिन्ता नगर्नुहोस् ।”

    लस एन्जलसमा ठूलो इरानी–अमेरिकी समुदाय बसोबास गर्दै आएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान छाडेका नागरिक र तिनका सन्तानहरूको उल्लेखनीय उपस्थिति रहेको यस सहरलाई कहिलेकाहीँ ‘तेह्रान्जेल्स’ भनेर पनि चिनिन्छ ।

    खेलअघि सयौँ प्रदर्शनकारी रङ्गशालाबाहिर भेला भएका थिए । उनीहरूले ड्रम बजाउँदै नारा लगाएका थिए र इरानी राष्ट्रिय टोलीलाई तेहरान सरकारको प्रचार माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागी धेरैले इस्लामिक क्रान्तिअघिको इरानी झण्डा बोकेका थिए, जुन हालका सरकारविरोधी समूहहरूबीच लोकप्रिय प्रतीक बनेको छ ।

    रङ्गशालाभित्र राष्ट्रगान सुरु हुनेबित्तिकै समर्थन र विरोधका आवाज मिसिएका थिए । केही दर्शकले राष्ट्रगानप्रति असहमति प्रकट गरेका थिए भने अरूले समर्थनमा जयजयकार गरेका थिए । खेलभरि पनि इरानी टोलीप्रति दर्शकहरूको प्रतिक्रिया मिश्रित देखिएको थियो ।

    कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न उक्त खेलमा राजनीतिक तनावको छाया देखिए पनि मैदानमा प्रतिस्पर्धा रोमाञ्चक रह्यो । रेजियानले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दै टोलीको बराबरीमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

    तर खेलपछि उहाँले राजनीतिक विवादमा थप टिप्पणी गर्न अस्वीकार गर्दै आफूहरू फुटबलकै विषयमा बोल्न आएको स्पष्ट पार्नुभयो ।

    “वास्तवमा हामी यहाँ फुटबलसम्बन्धी प्रश्नहरूको जवाफ दिन आएका छौँ”, उहाँले भन्नुभयो, “इरानका मेरा मानिसहरू धेरै राम्रा छन् । अहिले संसारले पनि मेरा मानिसहरूको बारेमा थाहा पाएको छ ।”

    विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा इरानको उपस्थितिसँगै देशभित्र र प्रवासी समुदायमा रहेका राजनीतिक मतभेद फेरि सतहमा देखिएका छन् । तर इरानी खेलाडीहरूले भने आफूहरूलाई खेलमै केन्द्रित राख्न खोजिरहेको सङ्केत दिएका छन् ।

    मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.