• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘मेरो बस्ती उजाड पार्ने कस्तो बेला आयो ?’


  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
  • – धनविर पुनमगर

    Advertisement

    देश बदलिँदैछ भन्ने सुन्दा पहिले हामी देशको अर्थतन्त्र, जिडिपी , सडक, विद्यालय र अस्पताल सम्झिन्थ्यौँ। अहिले ‘देश बदलिँदैछ’ भन्नासाथ डोजर सम्झिन्छौँ। विकासको नयाँ परिभाषा बनेको छ— जहाँ बस्ती हुन्छ, त्यहाँ नक्सा आउँछ; जहाँ मान्छे बस्छन्, त्यहाँ मापदण्ड आउँछ अनि जहाँ गरिब हुन्छन्, त्यहाँ डोजर पुग्छ।

    हिजोको नेपालमा राज्यले नागरिक खोज्थ्यो, आजको नेपालमा राज्यले नागरिकको जग्गा खोज्छ। झन् नागरिक गरिब परे भने त राज्यको दृष्टि अझ तीक्ष्ण हुन्छ। मानौँ, कानुनको आँखा गरिबका झुप्रामा मात्रै राम्रोसँग पुग्दछ।

    शम्भुजीत बास्कोटाको गीत तथा संगीतमा रहेको र दीपक खरेलले गाएको एउटा गीत छ : “मेरो बस्ती उजाड पार्ने कस्तो भेल आयो”[१]— यो गीत यतिबेला कुनै एउटा टोलको होइन, धेरै बस्तीको साझा विलाप बनेको छ। सहर सुन्दर बनाउने अभियानको बीचमा कसैको घर असुन्दर घोषित भयो, कसैको जीवन अवैध बन्यो। विकासको नक्सामा घरको रेखा त मेटियो, तर त्यहाँ बसेका मानिसको इतिहास कहाँ राखियो?

    आजभोलि विकास पनि अनौठो भएको छ। नदी किनार सफा गर्नुपर्छ, सार्वजनिक जग्गा जोगाउनुपर्छ, अव्यवस्थित बसोबास हटाउनुपर्छ— कुरा सही हुन्। तर प्रश्न यति मात्र हो: विकासको बाटोमा डोजर अघि हिँड्ने कि न्याय?

    कानुनको शासन आवश्यक छ, तर कानुनको आत्मा पनि त हुनुपऱ्यो। आखिर राज्य भनेको नक्साको रेखा मात्रै होइन, त्यो रेखाभित्रका मानिस पनि हुन्। घर भत्काउनु सजिलो छ, तर जीवन पुनर्निर्माण गर्न कति गाह्रो हुन्छ भन्ने कुरा फाइलले बुझ्दैन, त्यो त राति खुला आकाशमुनि सुत्ने परिवारले मात्रै अनुभूति गर्दछ।

    यतिबेला हामी एउटा ठूलो विडम्बनामा छौँ, त्यो के भने— सहरलाई स्मार्ट बनाउने हतारमा समाजलाई असंवेदनशील बनाउँदैछौँ। असार १ गते सोमबार मात्रै काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरूले खाद्यान्नको व्यवस्था नपाएको आक्रोशमा थाल ठटाउँदै “खान दे सरकार” भन्दै आन्दोलन सुरु गरेका छन्। फुटपाथ खाली गरियो, किनार सफा गरियो, दृश्य आकर्षक बनाइयो तर प्रश्न उही छ— दृश्य सुन्दर हुँदा समाज पनि सुन्दर भयो त?

    व्यङ्ग्य यहीँ छ— सहरमा अग्ला भवनहरू उभिँदैछन्, तर नागरिकको भरोसा होचिँदैछ। विकासको मापन कङ्क्रिटको उचाइले गरिन्छ; मानवताको गहिराइ हराउने त होइन भन्ने शङ्का–आशङ्कामा सुकुम्बासीहरू बाँचिरहेका छन्। डोजरको आवाज अहिले विकासको सङ्गीत जस्तो सुनिन थालेको छ, तर त्यो सङ्गीत कसैका लागि विलाप पनि हो।

    कहिलेकाहीँ लाग्छ, हाम्रो प्रशासनले एउटा नयाँ सिद्धान्त फेला पारेको छ: “जहाँ गरिब देखिन्छ, त्यहाँ नियम लागू गर; जहाँ शक्ति देखिन्छ, त्यहाँ प्रक्रिया खोज।” कानुनको तराजु बराबर भनिन्छ, तर व्यवहारमा त्यसको ढक एकातिर धेरै भारी देखिन थालेको छ।

    निस्सन्देह, सार्वजनिक सम्पत्ति संरक्षण हुनुपर्छ, नदी किनारा जोगिनुपर्छ, सहर व्यवस्थित हुनुपर्छ। तर व्यवस्थित सहर निर्माण गर्ने क्रममा अव्यवस्थित पीडा सिर्जना गर्नु बुद्धिमानी होला र? राज्यले घर भत्काउनुभन्दा पहिले विकल्प बनाउन सिक्ने कि? विकासको अर्थ विस्थापन हो कि समावेशी पुनर्स्थापना?

    आखिर देश कङ्क्रिटले मात्रै बन्दैन, नागरिकको सम्मानले पनि बन्छ। यदि विकासले कसैको छाना खोस्छ भने उसलाई अर्को छाना दिने उत्तरदायित्व पनि राज्यकै होला। अन्यथा इतिहासले भोलि सोध्नेछ— “सहर सुन्दर भयो रे, तर त्यसका नागरिक कहाँ गए?”

    र फेरि कतैबाट एउटा आवाज उठ्नेछ— “मेरो बस्ती उजाड पार्ने कस्तो बेला आयो, घरभन्दा ठूलो नक्सा र मान्छेभन्दा ठूलो डोजर भएको समय आयो।”

    मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.