• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा उच्च जोखिम : अध्ययन


  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
  • मेलबर्न, २९ जेठ (रासस/सिन्ह्वा) । अस्ट्रेलियामा गरिएको एक दशक लामो अध्ययनले दैनिक दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूमा डिप्रेसनलगायत मानसिक स्वास्थ्य समस्याको जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ।

    Advertisement

    अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीहरूमा अत्यधिक सामाजिक सञ्जाल प्रयोग र त्यसपछिको मानसिक स्वास्थ्य अवस्थाबीच स्पष्ट सम्बन्ध रहेको पाइएको छ। अध्ययनले सामाजिक सञ्जालको बढी प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्याको सम्भावना बढाउने देखाएको छ।

    अष्ट्रेलियन मेडिकल जर्नल मा प्रकाशित उक्त अध्ययन मेलबर्नका ९ देखि १९ वर्ष उमेर समूहका करिब १,२०० सहभागीमा आधारित थियो। अनुसन्धानका लागि आवश्यक तथ्याङ्क सन् २०२५ मा १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाउनुअघि सङ्कलन गरिएको थियो।

    अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्य समस्यासँगै अनलाइन दुव्र्यवहार तथा हानिकारक सामग्रीको सम्पर्कमा आउने जोखिमसमेत बढाउने चेतावनी दिएका छन्।

    अध्ययनअनुसार यसको प्रभाव विशेषगरी १२ देखि १३ वर्ष उमेर समूहका किशोरीहरूमा बढी देखिएको छ। यद्यपि, उच्च सामाजिक सञ्जाल प्रयोगका कारण दुवै लिङ्गका किशोरकिशोरीहरू मानसिक स्वास्थ्य जोखिममा पर्ने सम्भावना रहेको अनुसन्धानले औँल्याएको छ।

    अध्ययनका प्रमुख लेखक तथा एमसीआरआई र डीकिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी नन्दी विजयकुमार ले प्रारम्भिक किशोरावस्थालाई बालबालिकाको जीवनको अत्यन्त संवेदनशील र महत्वपूर्ण चरणका रूपमा लिनुपर्ने बताए। उनका अनुसार यही उमेर समूहमा सामाजिक सञ्जालको प्रयोग र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई गम्भीरतापूर्वक बुझ्न आवश्यक छ।

    अध्ययनका सह–लेखक तथा एमसीआरआईका प्राध्यापक सुसान सायर ले अनुसन्धानका निष्कर्षले उमेरअनुकूल सामाजिक सञ्जाल प्रयोगका सीमा निर्धारण, डिजिटल साक्षरता कार्यक्रमको विस्तार तथा अभिभावकीय मार्गदर्शनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको बताए।

    यसअघि एमसीआरआईले गरेको अर्को अनुसन्धानले अस्ट्रेलियाका करिब तीनचौथाइ किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या वा चिन्ताको अनुभव गरेको देखाएको थियो। नयाँ अध्ययनले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र मानसिक स्वास्थ्य संरक्षणका उपायहरूलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता उजागर गरेको छ।

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.