• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१३ राष्ट्रहरूद्वारा महत्वपूर्ण जलमार्गहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न समुद्री रक्षा गठबन्धन गर्ने घोषणा

कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

सुनसरी घटना : सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ८. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. राज्यसत्ता

मुम्बईको फ्लाइओभरमुनि ‘स्कुल’


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • मुम्बई, २८ जेठ । मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र सञ्चालन भइरहेको एक अनौपचारिक तर जीवनपरिवर्तनकारी विद्यालयले सडकमा जीवन बिताइरहेका तथा अत्यन्त विपन्न बालबालिकाका लागि शिक्षाको नयाँ बाटो खोलिदिएको छ । सहरका चम्किला भवन र भीडभाडयुक्त सडकबीच रहेको यो ‘सिग्नल शाला’ विद्यालय धेरैका लागि आशा र अवसरको केन्द्र बनेको छ ।

    Advertisement

    भारतमा छ देखि १४ वर्ष उमेरका बालबालिकाका लागि निःशुल्क शिक्षाको कानूनी व्यवस्था भए पनि गरिबी, बसाइँसराइ र अस्थिर रोजगारीका कारण लाखौँ बालबालिका अझै विद्यालय बाहिर रहेका छन् । विशेषगरी मुम्बईजस्ता ठूला सहरमा सडक र झुपडी बस्तीमा बस्ने परिवारका बालबालिका नियमित शिक्षाबाट वञ्चित हुने अवस्था कायम छ ।

    यही सन्दर्भमा गैरनाफामुखी संस्थाले सञ्चालन गरेको ‘सिग्नल शाला’ ले सडक बालबालिकालाई लक्षित गर्दै वैकल्पिक शिक्षाको मोडेल अघि सारेको हो । संस्थापक भटु सावन्तका अनुसार औपचारिक शिक्षामा पहुँच नपाएका दर्जनौँ बालबालिकालाई समेट्दै उनीहरूलाई नियमित सिकाइमा ल्याउने प्रयास भइरहेको छ ।

    “यी बालबालिकाहरू नियमित विद्यालय जान सक्दैनन्, त्यसैले हामीले उनीहरूका लागि विद्यालय नै उनीहरूसम्म ल्याएका हौँ”, सावन्तले भन्नुभयो ।

    भारतको विशाल सार्वजनिक विद्यालय प्रणाली भए पनि सन् २०२४–२५ को सरकारी तथ्याङ्कअनुसार करिब १२ लाख बालबालिका अझै विद्यालय बाहिर रहेको देखिएको छ । यसलाई बालशिक्षामा गम्भीर चुनौतीका रूपमा लिइएको छ ।

    सिग्नल शाला फ्लाइओभरमुनि राखिएका वातानुकूलित कन्टेनरहरूबाट सञ्चालन हुन्छ, जहाँ ट्राफिकको निरन्तर आवाजबीच कक्षा सञ्चालन हुन्छ । विद्यालयको संरचना सडक जीवनको यथार्थअनुसार तयार गरिएको छ । बिहानै विद्यालय बसले मुम्बईका झुपडी बस्तीका साँघुरा गल्लीहरू घुम्दै यातायात खर्च धान्न नसक्ने धेरै परिवारका विद्यार्थीहरूलाई उठाउँछ ।

    विद्यालय प्रवेशसँगै बालबालिकालाई पहिले नुहाउने सुविधा दिइन्छ, व्यक्तिगत सरसफाइका आधारभूत सुविधा नहुँदा उनीहरूका लागि किताब, लुगा र सामग्री सुरक्षित राख्न लकरको व्यवस्था गरिएको छ । दैनिक तीन छाक खाना निःशुल्क उपलब्ध गराइन्छ र कक्षा समय पनि सामान्यभन्दा लामो राखिएको छ ।

    यहाँ शिक्षण प्रणाली उमेर नभई, क्षमताका आधारमा विभाजन गरिएको छ । शिक्षकहरूले कहिल्यै औपचारिक विद्यालय नदेखेका बालबालिकाका लागि आधारभूत लेखपढदेखि व्यावहारिक सीपसम्मका पाठ्यक्रम अनुकूलन गर्छन् । ठूला उमेरका विद्यार्थीलाई स्थिर बस्ने, स्पष्ट बोल्ने र ध्यान केन्द्रित गर्ने जस्ता आधारभूत सामाजिक सीप पनि सिकाइन्छ ।

    विद्यालयमा विशेष चुनौती अर्ध–घुमन्ते पारधी समुदायका बालबालिकासँग देखिन्छ, उनीहरूले स्थानीय भाषा पनि राम्ररी बोल्दैनन् । शिक्षक तेजस्वी बोराडेका अनुसार सुरुआती अवस्थामा धेरै बालबालिकालाई हप्ता, महिना वा ऋतुजस्ता आधारभूत अवधारणा पनि थाहा थिएन ।

    “जब उनीहरू यहाँ आएका थिए, उनीहरूलाई समयको आधारभूत संरचना नै थाहा थिएन”, बोराडेले भन्नुभयो ।

    विद्यार्थीहरूका लागि यो विद्यालय केवल पढाइको ठाउँ मात्र नभई सुरक्षित आश्रयस्थल पनि बनेको छ । १२ वर्षीया पूजा पवारले विद्यालय बस देख्दा खुसी हुने बताउँदै विद्यालयमा खाना, खेलकुद र सांस्कृतिक गतिविधिले आफूलाई आकर्षित गर्ने बताउनुभयो । “बिहानको खाना राम्रो हुन्छ, हामी केक बनाउँछौँ, नाच्छौँ”, उहाँले भन्नुभयो ।

    ट्राफिक लाइटमा सामान बेचेर जीविकोपार्जन गर्ने १२ वर्षीय बालाजी लक्ष्मणका लागि विद्यालय नयाँ भविष्यको ढोका बनेको छ । उहाँले डाक्टर बन्ने सपना देख्न थालेको बताउनुभयो ।

    सञ्चालक सावन्तका अनुसार विद्यालयको उद्देश्य केवल आधारभूत शिक्षा दिनु मात्र नभई बालबालिकालाई २१औँ शताब्दीका लागि तयार पार्नु पनि हो । मुम्बई बाहिरी क्षेत्रमा स्थापना गरिएका अन्य विद्यालयहरूमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र थ्रीडी प्रिन्टिङजस्ता आधुनिक प्रविधि पनि सिकाइन्छ ।

    सावन्तले सरकार र निजी क्षेत्रको सहयोगमा सञ्चालन भइरहेको यो मोडेलले ‘अत्यन्त वञ्चित बालबालिकालाई पनि समान अवसर दिन सक्ने’ विश्वा

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त
    सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग
    भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
    १३ राष्ट्रहरूद्वारा महत्वपूर्ण जलमार्गहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न समुद्री रक्षा गठबन्धन गर्ने घोषणा
    कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

    • २.
      सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

    • ३.
      भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

    • ४.
      फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    • ५.
      १३ राष्ट्रहरूद्वारा महत्वपूर्ण जलमार्गहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न समुद्री रक्षा गठबन्धन गर्ने घोषणा

    • ६.
      कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

    • ७.
      पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ८.
      देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.