• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

पाकिस्तान–लेबनान सेनाप्रमुखबीच उच्चस्तरीय भेट : क्षेत्रीय सुरक्षा र रक्षा सहकार्य विस्तारमा जोड


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • इस्लामाबाद, २६ जेठ (रासस/एएफपी) — पाकिस्तान र लेबनानका सेनाप्रमुखहरूले मङ्गलबार इस्लामाबादमा भएको उच्चस्तरीय भेटवार्तामा क्षेत्रीय सुरक्षा चुनौती, रक्षा सहकार्य तथा द्विपक्षीय सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल गरेका छन्।

    Advertisement

    लेबनानी सेनाका प्रमुख जनरल रोडोल्फ हेकल आफ्ना पाकिस्तानी समकक्षी जनरल असीम मुनीरसँग भेट गर्न शनिबार पाकिस्तान पुगेका थिए। पाकिस्तानी सेनाको जनसम्पर्क शाखाले जारी गरेको विज्ञप्तिअनुसार भेटमा आपसी हितका विषय, मध्यपूर्वको बदलिँदो सुरक्षा अवस्था तथा भविष्यका सहकार्यका सम्भावनाबारे विचार–विमर्श भएको थियो।

    मध्यपूर्वमा जारी तनावका बीच पाकिस्तानले अमेरिका र इरानबीच संवाद तथा शान्ति प्रयासलाई अघि बढाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। तेहरानले सम्भावित सम्झौतामा लेबनानलाई समेत समेट्नुपर्ने धारणा राख्दै आएको छ, जहाँ इरान समर्थित हेजबुल्लाह समूह र इजरायलबीच लामो समयदेखि द्वन्द्व जारी छ।

    यद्यपि इरान र इजरायलले सोमबार युद्ध रोक्ने संकेत दिएका थिए, हेकलको पाकिस्तान भ्रमणकै क्रममा क्षेत्रीय तनाव अझ बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान शान्ति वार्ता निर्णायक चरणमा पुगेको दाबी गर्दै वार्ताकारहरू सम्झौताको “अन्तिम मोड” मा रहेको बताएका छन्।

    गत मार्च २ मा हेजबुल्लाहले इरानका सर्वोच्च नेतामाथि कथित अमेरिकी–इजरायली षड्यन्त्रको प्रतिशोधस्वरूप इजरायलतर्फ रकेट आक्रमण गरेपछि लेबनान पुनः युद्धको चपेटामा परेको थियो। त्यसपछि इजरायलले गरेको प्रतिआक्रमणमा हजारौं मानिसको ज्यान गएको बताइएको छ।

    अप्रिल १७ देखि युद्धविराम लागू भए पनि सीमावर्ती क्षेत्रमा छिटपुट गोलीबारी र रकेट आक्रमण रोकिएको छैन। इजरायली सेनाले लेबनानको उत्तरी सीमाभित्र विभिन्न स्थानमा सैन्य कारबाही जारी राखेको जनाइएको छ।

    यसै सन्दर्भमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इरान–इजरायलबीचको नयाँ तनाव अन्त्य गर्न अमेरिका–इरानबीचको सम्भावित सम्झौता “निकट भविष्यमा सफल हुन सक्ने” विश्वास व्यक्त गरेका छन्।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.