• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

हर्मुज जलघाँटी नजिक अमेरिकी अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • दुबई, २६ जेठ (रासस/एपी) – विश्वकै संवेदनशील समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलघाँटी नजिक अमेरिकी सेनाको अपाचे लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा हेलिकप्टरमा सवार दुवै पाइलट सकुशल रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गर्नुभएको छ।

    Advertisement

    मङ्गलबार बिहान भएको उक्त दुर्घटना मध्यपूर्वमा बढ्दो तनावका बीच भएको हो। विशेषगरी इरान र इजरायलबीच पछिल्ला दिनहरूमा बढेको सैन्य टकरावले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको समयमा यो घटना भएको छ।

    इरानको सरकारी सञ्चारमाध्यमले पनि दुर्घटनाको पुष्टि गरेको भए पनि घटनाको कारण र अन्य विवरणबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र सेनाको केन्द्रीय कमान्डले समेत दुर्घटनाबारे विस्तृत प्रतिक्रिया दिन बाँकी रहेको जनाएको छ।

    न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले पाइलटहरू सुरक्षित रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दुवै पाइलट सकुशल छन्, कोही पनि घाइते भएका छैनन्। घटनाबारे विस्तृत प्रतिवेदन भोलि सार्वजनिक गरिनेछ।”

    दुर्घटनाबारे पहिलो समाचार न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो। पत्रिकाका अनुसार अमेरिकी सेनाको अपाचे हेलिकप्टर अस्पष्ट परिस्थितिमा हर्मुज जलघाँटी नजिक खसेको हो।

    विश्लेषकहरूका अनुसार यो घटनाले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज क्षेत्र अझै उच्च सुरक्षा जोखिममा रहेको संकेत दिएको छ। इरान–इजरायल तनाव र अमेरिकी सैन्य उपस्थितिका कारण मध्यपूर्वको अवस्था अहिले पनि अस्थिर रहेको उनीहरूको भनाइ छ।

    पछिल्ला महिनाहरूमा युद्धविरामका प्रयास भए पनि स्थायी शान्ति स्थापना हुन नसकिरहेका बेला भएको यो दुर्घटनाले क्षेत्रीय सुरक्षा चुनौतीलाई पुनः उजागर गरेको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.