• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

भारतको पश्चिम बङ्गालबाट ५ हजार बङ्गलादेशी फिर्ता


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • कोलकाता, २५ जेठ । भारतको पश्चिम बङ्गाल राज्यमा नयाँ राजनीतिक परिवर्तनपछि सुरक्षा र आप्रवासन नीतिहरू कडा बनाइँदा करिब पाँच हजार बङ्गलादेशी नागरिकलाई हिरासतमा लिएर सीमापार फिर्ता गरिएको आधिकारिक विवरण सार्वजनिक भएको छ । अधिकारीहरूका अनुसार यो कारबाही हालैको निर्वाचनपछि गठन भएको राज्य सरकारको नयाँ नीतिअन्तर्गत गरिएको हो ।

    Advertisement

    प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको चुनावमा विजय हासिल गरेपछि अवैध आप्रवासी पहिचान र निर्वासनलाई प्राथमिकता दिँदै अभियान अघि बढाएको बताइएको छ । चुनाव अभियानका क्रममा पार्टीले ‘अवैध आप्रवासीको पहिचान, नियन्त्रण र निर्वासन’ कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

    पश्चिम बङ्गालका अधिकारीहरूले राज्यभर स्थापना गरिएका होल्डिङ सेन्टरमार्फत हालसम्म करिब चार हजार ८०० बङ्गलादेशी नागरिकलाई फिर्ता पठाइएको जनाएका छन् । थप ८३६ जना हाल ती केन्द्रहरूमा राखिएको र उनीहरूलाई पनि छिट्टै निर्वासन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।

    मुख्यमन्त्री सुभेन्दु अधिकारीले कोलकातामा दिएको अभिव्यक्तिमा नागरिकता प्रमाणित नभएका र अवैध रूपमा बसोबास गरेको ठहर गरिएका व्यक्तिहरूलाई सीमापार फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो । उहाँले राज्यका सबै जिल्लामा होल्डिङ सेन्टर स्थापना गरिएको उल्लेख गर्दै कानूनी दायरामा नपर्ने व्यक्तिहरूमाथि कारबाही अघि बढाइएको जानकारी दिनुभयो ।

    भारतले मुस्लिम बहुल बङ्गलादेशसँग लामो र खुला सीमाना साझा गर्दै आएको छ, जहाँ आर्थिक अवसर, पारिवारिक सम्बन्ध र अन्य सामाजिक कारणले लामो समयदेखि आवतजावत हुने गरेको छ । यही पृष्ठभूमिमा अवैध आप्रवासनबारे राजनीतिक बहस पनि चर्किँदै आएको छ ।

    सरकारी अधिकारीहरूले आप्रवासीहरूलाई ‘घुसपैठिया’ र ‘धमिरा’ जस्ता शब्द प्रयोग गर्दै कडा धारणा व्यक्त गरेको आरोप आलोचकहरूले लगाएका छन् । विपक्षी तथा अधिकार समूहहरूले भने यस्तो भाषाशैलीले भारतका २० करोडभन्दा बढी मुस्लिम समुदायलाई अझ सीमान्तकरण गर्ने चिन्ता व्यक्त गरेका छन् ।

    मानव अधिकार सङ्गठनहरूले यसअघि पनि भारतले उचित कानूनी प्रक्रिया बिना बङ्गाली भाषी मुस्लिम तथा शरणार्थीहरूलाई बङ्गलादेश पठाएको आरोप लगाउँदै आएका छन् । उनीहरूले यस प्रकारका सामूहिक निर्वासनले कानूनी अधिकार र मानव अधिकार उल्लङ्घन हुन सक्ने चेतावनी दिएका छन् ।

    सन् २०२४ मा ढाकामा भएको राजनीतिक परिवर्तनपछि भारत–बङ्गलादेश सम्बन्धमा केही उतारचढाव देखिएको थियो । त्यसपछि फेब्रुअरीमा बङ्गलादेशमा नयाँ सरकार गठन भएपछि दुवै देशबीच कूटनीतिक सम्बन्ध विस्तारै सुधार हुँदै गएको बताइन्छ ।

    यसैबीच, सीमा सुरक्षा बल र बङ्गलादेशका उच्च अधिकारीहरू सोमबार नयाँदिल्लीमा भेट्ने कार्यक्रम रहेको छ, जसले सीमा व्यवस्थापन र आप्रवासन नियन्त्रणका विषयमा थप समन्वय हुने अपेक्षा गरिएको छ ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.