• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

क्युवामाथि नयाँ अमेरिकी प्रतिबन्ध


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • हवाना, २२ जेठ । संयुक्त राज्य अमेरिकाले क्युवाली राष्ट्रपति तथा क्यास्ट्रो परिवारका नजिकका सदस्यहरूलाई लक्षित गर्दै बिहीबार नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । यस कदमले क्युवा–अमेरिका सम्बन्धमा पुनः तनाव चुलिएको छ ।

    Advertisement

    अमेरिकी प्रतिबन्ध सूचीमा राष्ट्रपति मिगुएल डियाज–क्यानेल, उहाँकी श्रीमती र सौतेनी छोरा समेत परेका छन् । साथै पूर्वराष्ट्रपति राउल क्यास्ट्रोका छोरा र नाति पनि प्रतिबन्धको दायरामा आएका छन्, जसलाई क्युवाको राजनीतिक संरचनामा प्रभावशाली शक्ति–दलालका रूपमा चित्रित गरिएको छ । क्रान्तिकारी सशस्त्र बल मन्त्रालयसहित अन्य केही संस्थामाथि पनि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

    क्युवामाथि सन् १९६२ देखि अमेरिकी व्यापार प्रतिबन्ध लागू रहँदै आएको छ । तर पछिल्ला महिनाहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन आपूर्ति रोक्ने तथा टापु कब्जाको सम्भावनासमेत सङ्केत गर्दै दबाब बढाएको बताइएको छ ।

    वासिङ्टनले क्युवाको कम्युनिस्ट शासनले अमेरिकी सुरक्षामा खतरा उत्पन्न गरेको आरोप लगाउँदै आएको छ । राष्ट्रपति ट्रम्पले विभिन्न अन्तर्राष्ट्रिय सन्दर्भमा क्युवाको राजनीतिक अवस्था परिवर्तन हुन सक्ने सङ्केत गर्दै आउनुभएको छ ।

    यसबारे प्रतिक्रिया दिँदै राष्ट्रपति डियाज–क्यानेलले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्प प्रशासनले क्युवा र अमेरिका बीचको तनाव र अवरोधलाई थप गहिरो बनाउने प्रयास गरेको आरोप लगाउनुभएको छ । उहाँले क्युवाले ‘याङ्की सरकारको आक्रामकता’ र ‘साम्राज्यवादी दबाब’ को सामना गरिरहेको बताउनुभयो ।

    विदेशमन्त्री ब्रुनो रोड्रिग्जले पनि नयाँ प्रतिबन्धलाई ‘कठोर’ भन्दै क्युवाली जनताको एकता र दृढताले यसको सामना गर्ने टिप्पणी गर्नुभयो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले भने क्युवालाई राम्रोसँग सञ्चालन हुने, आफ्ना नागरिकलाई आवश्यक सुविधा दिन सक्ने देशका रूपमा हेर्न चाहेको बताउनुभएको छ । उहाँका अनुसार क्युवाको वर्तमान अवस्था आर्थिक र ऊर्जा सङ्कटले कमजोर बनेको छ ।

    पछिल्ला महिनाहरूमा क्युवामाथि लागू गरिएको इन्धन प्रतिबन्धका कारण विद्युत् उत्पादनका लागि आवश्यक डिजेल अभाव भएको छ । यसले दैनिक २२ घण्टासम्म विद्युत् कटौती, खानेपानी अभाव तथा यातायात प्रणाली लगभग ठप्प हुने अवस्था सिर्जना गरेको बताइएको छ ।

    देशमा खाद्यान्न र औषधिको समेत अभाव बढ्दै गएको छ, जसका कारण क्युवा मेक्सिको र चीनबाट मानवीय सहायता आपूर्तिमा निर्भर रहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले पनि क्यारिबियन आँधीबेहरी मौसम सुरु भएसँगै क्युवाको मानवीय अवस्था ‘विस्फोटक ककटेल’ जस्तै गम्भीर बन्दै गएको चेतावनी दिएका छन् ।

    गत वर्ष आएको शक्तिशाली आँधी मेलिसाबाट क्षतिग्रस्त पूर्वी क्युवा अझै पुनःस्थापनाको प्रक्रियामा रहेको जनाइएको छ  ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.