• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘विशेष रक्तिम साँझ – २०८३’ को महत्व


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • हेमराज पुन (आश्रम)

    Advertisement

    १) पृष्ठभूमि

        रक्तिम सांस्कृतिक अभियान, केन्द्रीय समितिको आयोजनामा राष्ट्रव्यापी सांस्कृतिक कार्यक्रम ‘विशेष रक्तिम साँझ – २०८३’ सुरु भएको छ । जेठ १६ गते राष्ट्रिय नाचघरबाट सुरु भएको सो कार्यक्रम १७ गते चितवनमा सम्पन्न भइसकेको छ भने, यो लेख तयार गर्दाको मितिसम्म, बाँकी ७ वटा जिल्लाहरूमा सम्पन्न हुन बाँकी छ । असार १३ गते, बुटवलमा यो अभियानको समापन हुनेछ । यद्यपि थप केही जिल्लाहरूमा केही शोहरू थप हुन सक्नेछन् । यो कार्यक्रममा नयाँ तथा पुराना गरी झण्डै ३ दर्जन कलाकारहरूको सहभागिता रहेको छ । लामो समयको अन्तरालमा रक्तिमले यस्तो ठूलो पैमानाको कार्यक्रम गर्न लागेको हो ।

    ‘विशेष रक्तिम साँझ – २०८३’ लाई धेरै कोणबाट विश्लेषण तथा बुझ्‌न सकिन्छ । विभिन्न व्यक्तिहरूले हेर्दा यसका छुट्टाछुट्टै महत्वका पक्षहरू आउन सक्लान् । तर हामीले आफ्‌नो कोणबाट हेर्दा यसको बहुआयामिक महत्वका विषयहरू छन् । यी सबै विषयमा तल छुट्टाछुट्टै रूपमा व्याख्या गरौँला । मैले यो लेख तयार पार्नुको मुख्य अर्थ ‘विशेष रक्तिम साँझ – २०८३’ को आन्तरिक पक्ष र बाह्य पक्षहरूको सूक्ष्म ढङ्गले विश्लेषण गरेर पाठकहरूमा सम्प्रेषण गर्नु हो ।

    २) कार्यक्रम तालिका

    ‘विशेष रक्तिम साँझ – २०८३’ निम्न मिति र स्थानमा सम्पन्न हुन गइरहेको छ, तथापि केही स्थानहरूमा सम्पन्न भइसकेको छ । काठमाडौँ जेठ १६ गते, चितवन जेठ १७ गते, बागलुङ जेठ २३ गते, पोखरा जेठ २५ गते, गुल्मी जेठ ३० गते, अर्घाखाँची जेठ ३१ गते, रोल्पा असार ६ गते, प्युठान असार ७ गते र बुटवल असार १३ गते उक्त कार्यक्रम सम्पन्न हुँदैछ । अन्तिमतिर, थप केही जिल्लाहरूमा विस्तार हुन सक्नेछ ।

    ३) सहभागी कलाकारहरू

    ‘विशेष रक्तिम साँझ – २०८३’ मा विभिन्न जिल्लाका कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ ।  टोलीलाई अध्यक्ष गिरीप्रसाद बुढाले नेतृत्व गरिरहनुभएको छ । महासचिव हेमराज आश्रमसहित सविन अर्गेजा, मान बहादुर नेपाली, दीप गोले, विष्णु केसी, क्षितिजा राहादी, विन्दु परियार, रिता पुन, हरी सर्तुङ्गी, सल्लाहकार मिना बुढाथोकी, रक्तिमका पूर्व सक्रिय कलाकारहरू सचित्र केसी, नविना केसी साथै अन्य कलाकारहरूमा विजय घर्ति, रमेश पुन, उत्सव पुन, विश्व साही, पल्लब राना, विकास थापा, स्वर्णीम थापा, अस्मिता महतारा, आरती रघुवंशी, सिर्जना पुन, सिर्जना क्षेत्री, क्रिस्टिना राई, उषा पुन, पूजा थापा लगायतका कलाकारहरूको सहभागिता रहेको छ ।

    ४) कार्यक्रमका प्रस्तुतिहरू

    ‘विशेष रक्तिम साँझ – २०८३’ धेरै विषयहरूमा विविधतायुक्त देखिन्छ । रक्तिमको मौलिकतालाई संरक्षण गर्दै, नयाँ पुस्ताहरूलाई पनि प्रोत्साहित गरिएको छ । रक्तिममा लामो समयदेखि रगत, पसिना बगाएर, ठूलो त्याग गरेका थुप्प्रै यात्रीहरूका सिर्जना र आवाजहरू सुन्न सकिन्छ । कार्यक्रम अवधिभर बस्दा यस्तो लाग्छ कि रक्तिम सबै स्रष्टाहरूको साझा फूलबारी हो । यसमा सबै यात्रीहरूको सिर्जनाले स्थान प्राप्त गरेका छन् । यति भन्दै गर्दा, यो कार्यक्रममा सबै कलाकारहरूको सिर्जनाहरूलाई समेट्न सकिने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो । तथापि हामीले यही अवधारणाबाट सुरुवात गरेका छौँ ।

    रक्तिमको स्थापनाकालीन मौलिक गीतहरू र नयाँ परिवेशका नौला सिर्जनाहरूको संगमले ‘विशेष रक्तिम साँझ–२०८३’ लाई एक पृथक कार्यक्रम बनाएको छ । यस अभियानको मुख्य केन्द्रविन्दु नाटक ‘युग बोल्छ’ हो । क. मोहन विक्रम सिंहको लेखन तथा हेमराज आश्रमको निर्देशन र नाट्य रूपान्तरणमा यो नाटक मञ्चन गरिएको छ । रक्तिमले थुप्रै गीति–नाटकहरूमा अनुभव हासिल गरेको भए पनि लाइभ नाटकमा यो हाम्रो पहिलो प्रयास हो । आफ्नै सीमित साधन र स्रोतहरूको अधिकतम उपयोग गरी यो नाटक प्रस्तुत गरिएको छ ।

    यस कार्यक्रमलाई दुई खण्ड र चार शृङ्खलामा विभाजन गरिएको छ । पहिलो खण्डमा, स्वागत श्रृङ्खला र देश परिवेश श्रृङ्खला अनि दोस्रो खण्डमा नाटक श्रृङ्खला र ओपेरा श्रृङ्खला रहेको छ ।

    पहिलो खण्डको स्वागत श्रृङ्खलामा स्वागत गीत र स्वागत नृत्यलाई समावेश गरेका छौँ भने, देश परिवेश श्रृङ्खलामा नेपालको वर्तमान परिस्थितिलाई उजागर गरेका छौँ । जस अन्तर्गत, वैदेशिक रोजगारीले सिर्जना गरेका पीडा, नयाँ सरकारको हुकुमी शासन शैलीका कुरा, वामपन्थी आन्दोलनमा नैराश्यताको कुरा, संघीयताको विरोध लगायतको प्रसङ्ग यो श्रृङ्खलामा समेटेका छौँ । साथै यसै श्रृङ्खलामा स्थानीय रक्तिम र अतिथि कलाकारहरूलाई पनि स्थान दिइएको छ ।

    दोस्रो खण्ड, नाटक र ओपेरा गरी २ श्रृङ्खलामा विभक्त गरिएको छ । पहिलोमा नाटक ‘युग बोल्छ’ र दोस्रोमा विविध छिटो गतिको ओपेरा शैलीका गीतहरूलाई समेटिएको छ । श्रृङ्खलाको अन्त्यमा ‘रुख भन्छ, पात भन्छ ..’ गीतलाई सामूहिक गायनको रूपमा प्रतिज्ञा, समापन वा विदाइ गीत भनेर प्रस्तुत गरिएको छ ।

    ५) कार्यक्रमको उद्देश्य

    ‘विशेष रक्तिम साँझ – २०८३’ ले विविध पक्षबाट ऐतिहासिक महत्व बोकेको छ । लामो अन्तराल तथा देशको अत्यन्त विषम परिस्थितिमा आयोजना भएको कार्यक्रमको विविध उद्देश्यहरू छन् । यसलाई बुँदागत रूपमा यसरी प्रस्तुत गरिएको छ ।

    ५.१) खबरदारी

    कार्यक्रमको मुख्य उद्देश्य विभिन्न पक्षप्रति सचेत खबरदारी गर्नु हो । हाम्रो खबरदारी राज्य, अन्तर्राष्ट्रिय शक्तिकेन्द्र, सांस्कृतिक केन्द्र तथा आफ्‌नै आन्दोलनभित्रको कमजोरीहरूप्रति केन्द्रित छ ।

    राज्य पक्षप्रति हाम्रो खबरदारी केन्द्रित छ, किनभने राष्ट्रियता तथा स्वाधीनतामा आँच पुग्ने गरी हतारमा गरिएका गलत निर्णयहरूको खतरा बढ्दै गएको छ । अर्कोतिर देशमा अनेकौँ प्रकारका समस्याहरूले जनता अक्रान्त बनिरहेको स्थिति छ । राज्य झन्‌–झन् स्वेच्छाचारी र फासिवादी प्रवृत्तितर्फ उन्मुख हुँदै गएको देखिन्छ । जनजीविका कष्टकर बनिरहेको छ । देशमा सुकुम्बासीहरूको समस्या गम्भीर बनिरहेको छ । देशका सीमाहरूको सुरक्षा हुन सकेको छैन, छिमेकी देशहरूको सम्बन्धमा सन्तुलन कायम हुन सकेको छैन । भू–राजनीतिक समस्या थपिँदै गइरहेको छ । गणतन्त्र र धर्मनिरपेक्षता माथि खतरा पैदा भएको छ । संघीयताको कारण देशलाई आर्थिक बोझ थपिँदै गइरहेको छ । देशको राष्ट्रिय ऋणले खतराको घण्टी पार गरिसकेको छ । देशमा रोजगारीको समस्या झन् विकराल बन्दै गएको छ । यी तमाम विषयहरूमा राज्य पक्षलाई खबरदारी गर्ने प्रमुख उद्देश्य हो ।

    अन्तर्राष्ट्रिय पक्ष, जसलाई हाम्रो खबरदारी हो । नेपाल सार्वभौम सम्पन्न स्वाधीन देश हो । हामी न पहिले न कहिल्यै कुनै पनि शक्ति राष्ट्रको अघि झुक्न जाँदैनौँ । हामी कुनै पनि देशको गुलाम बन्न सक्दैनौँ । हामी कुनै प्रकारको वैदेशिक हस्तक्षेप सहने पक्षमा छैनौँ । यसको लागि आम जनतालाई बुझाउने तथा आवश्यक संघर्षको लागि तयार गर्ने, यो कुराको स्पष्ट उद्घोष गर्ने, कार्यक्रमको अर्को उद्देश्य हो ।

    हाम्रो अर्को खबरदारी छाडा तथा अश्लील साहित्य, कला तथा संगीतका सरोकारवालाहरूसँग हो । कला साहित्य छिटो र सटीक रूपमा गहिरो प्रभाव पार्ने विद्या हो । तर यिनै क्षेत्रमा तिव्र रूपमा विकृति र भ्रष्टीकरण भइरहेको छ । हाम्रो मौलिक कला संस्कृति लगभग सकिएको छ । केही अस्तित्वमा रहेका सीमित संस्कृतिहरू पनि विकृतिले मिश्रित भएका छन् । हाम्रा सिर्जनाहरू पारिवारिक र सामाजिक बनिरहेका छैनन् । मेला–महोत्सवदेखि स–साना कलिला नानीबाबुहरूले पढ्ने स्कुलहरूमा समेत असामाजिक र अनैतिक प्रकारका गीत सङ्गीतहरू प्रयोगमा आइरहेका छन् । यसले देशलाई अधोगतितर्फ लैजाने सम्भावना रहेको छ । अतः यी विषयहरूमा पनि हाम्रो गम्भीर ध्यानाकर्षण रहनेछ ।

    ‘विशेष रक्तिम साँझ – २०८३’ हामी आफैलाई पनि खबरदारी गर्दछ । पछिल्लो राजनैतिक घटनाक्रमबाट हामीले जुन सजाय भोगेका थियौँ, तसर्थ हामी आफैँ भित्र पनि यसका कारणहरू खोज्नु पर्दछ । हामी मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराबाट धेरै कोसौँ टाढा पुगिसकेका छौँ । हामीमा निम्नपुँजीवादी चिन्तनले जरा गाडिसकेको छ । हामी र बुर्जुवाहरूमा तात्विक कुनै भिन्नता देखिँदैन । हामीमा कमरेडी भावना लगभग ह्रास भएर गएको छ । जनताप्रतिको समर्पण भावको अन्त्य भएको छ । निजी स्वार्थ र व्यक्तिगत महत्वकाँक्षाले हामीलाई डुबाउँदै लगेको छ । सामूहिक भावनाको ह्रास भएको छ । यी सबै विषयहरूमा निर्मम समीक्षा नगर्ने हो भने हाम्रो अन्त्य निश्चित छ । त्यसैले खबरदारी हामीलाई पनि रहेको छ ।

    ५.२) समर्थन/प्रोत्साहन

    कार्यक्रमको अर्को पाटो, समर्थन र प्रोत्साहन पनि हो । हाम्रो समर्थन श्रमजीवी वर्गको पक्षमा देशैभरि तथा संसारभरि चलिरहेका वर्गसंघर्षहरूलाई समर्थन र प्रोत्साहन गर्नु हो । राष्ट्रिय, स्वाधीनता, न्याय, समानता, स्वतन्त्रता र जनजीविकाका सवालमा उठेका हरेक आवाजहरूलाई समर्थन तथा प्रोत्साहन दिनु यो कार्यक्रमको अर्को मुख्य मर्म हो ।

    यो पक्षमा हिँड्ने संसारभरिका न्यायप्रेमी जनता हाम्रा वर्गीय मित्रहरू हुन् । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हाम्रो लक्ष्य हो । हामी अन्तर्राष्ट्रिय मानवजातिको कल्पनालाई साकार पार्नको लागि यो लडाइ लडिरहेका छौँ । अतः पृथ्वीको सबै कुनाहरूमा चल्ने वर्गीय लडाइहरूमा हाम्रो ऐक्यबद्धता रहन्छ ।

    ५.३) प्रगतिशील संस्कृतिको प्रचार–प्रसार

    कार्यक्रमको अर्को मर्म हो, प्रगतिशील कला, साहित्य तथा संगीतको प्रचार–प्रसार । देशमा छाडा तथा अश्लील गीत–संगीतको बाढी चलिरहेको बेला, विपरीत धारको प्रतिरोधको लडाइ हो, हाम्रो कार्यक्रम । अहिलेको भाषामा भाइरल, लोकप्रिय र ट्रेण्डिङ सहित डलर कमाइको चक्करमा लाग्दा, नेपाली कलाकारहरू समाजको सबै नैतिक मूल्य मान्यताहरूलाई लत्याउँदै चरम अश्लील प्रकारको सामग्री उत्पादन गर्न उद्यत भएका छन् । उनीहरूमा समाज, राष्ट्र तथा मानव जातिप्रति कुनै पनि उत्तरदायित्वको भावना देखिँदैन । मात्र व्यक्तिगत लाभको लागि सिङ्गो देशको संस्कृति माथि नै छेडछाड गरिरहेका छन् ।

    यी तमाम, संगीन परिस्थितिमा ‘विशेष रक्तिम साँझ – २०८३’ ले थोरै मात्रामा भए पनि प्रतिरोधको मसाल उठाउने प्रयास गर्नेछ । यस कार्यक्रमको माध्यमबाट हाम्रो राष्ट्र र समाजलाई आवश्यक कला–साहित्यहरू यी हुन् भनेर, जनताका घरदैलोमा जाँदै गर्दा हामीले यी कुरा राख्ने छौँ र जनतालाई सचेत बनाउने छौँ ।

    ५.४) आह्‌वान/अपिल    

    कार्यक्रमको अर्को पक्ष, जनतालाई अपिल तथा आह्‌वान गर्नु हो । देशको समग्र परिस्थितिको मूल्याङ्कन गर्दै, हाम्रो राष्ट्रियता र स्वाधीनताको रक्षाको लागि, हामी एकपटक उठ्नुपर्ने बेला भएको छ । सबै एकताबद्ध भएर प्रतिरोधको लडाइ पुनः लड्नुपर्ने समय आएको सन्देश जनतामाझ राख्नेछौँ । नेपालको बदलिँदो राजनीतिक परिस्थितिमा दूषित हावा, फरक ढङ्गले चलेको कुरामा जनतालाई सावधान गराउँदै तयार रहन आह्वान गर्ने हाम्रो कार्यक्रमको अर्को मर्म हो ।

    ६) निष्कर्ष

    ‘विशेष रक्तिम साँझ – २०८३’ विभिन्न पक्षप्रति खबरदारी गर्ने, सकारात्मक पक्षलाई समर्थन र प्रोत्साहन प्रदान गर्ने तथा आम जनतालाई आह्वान गर्ने उद्देश्यमा सफल हुने विश्वास गरिएको छ ।

    आधा असारसम्म चलिरहने यस अभियानका क्रममा हाम्रा सहयात्री साथीहरूले पनि धेरै अनुभव र बोध हासिल गर्नेछन् । सबैले आ–आफ्नो विधामा थप निखार ल्याउँदै आन्दोलन र त्यागका लागि आफूलाई अझ सक्षम, प्रतिबद्ध र तयार बनाउनेछन् भन्ने विश्वास छ । यस कार्यक्रमले रक्तिमलाई थप स्थापित गराउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

    झण्डै ४५ वर्षको गौरवपूर्ण इतिहास बोकेको रक्तिमले आगामी यात्राको दिशा जनताबाट प्राप्त सुझाव, सल्लाह, माया र प्रेरणाका आधारमा तय गर्नेछ । जनता–जनार्दनबाट प्राप्त न्यानो प्रेरणालाई आत्मसात् गर्दै जनताप्रति अझ समर्पित रहने प्रतिबद्धता रक्तिमले व्यक्त गर्दछ ।

    अन्त्यमा, यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन तथा प्रोत्साहन प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक, सहयोगी र समर्थकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

    धन्यवाद ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    नेपाली राजनीति र नियति
    गजल
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.