वीरेन्द्रनगर । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ कर्णाली प्रदेशको दोस्रो भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलको उपस्थितिमा २०८३ जेठ २० गते बुधबार वीरेन्द्रनगरमा सो कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले अजबहादुर गिरी (कालीकोट) अध्यक्ष रहनुभएको सात सदस्यीय कर्णाली प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सोमबहादुर नेपाली (सुर्खेत), सचिवमा लालबहादुर नेपाली (सुर्खेत), कोषाध्यक्षमा धनप्रसाद देवकोटा (सुर्खेत) तथा सदस्यमा विष्णुप्रसाद शर्मा (सुर्खेत), मीनबहादुर शाही (कालीकोट) र लालबहादुर विक (जाजरकोट) रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उद्योग व्यापार सङ्घका केन्द्रीय सल्लाहकार ढुण्डीराज पौडेल, केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासी, राजमो नेता वासुदेब पोखरेल, राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीलगायतले भेलाको सफलता शुभकामना दिनुभएको थियो ।
लालबहादुर नेपालीको सञ्चालन, विष्णुप्रसाद शर्माको स्वागत मन्तव्य र अजबहादुर गिरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उद्योग व्यापार सङ्घका केन्द्रीय सदस्य भागिरथी पौडेलको पनि आतिथ्य रहेको थियो ।
