• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

सीमासम्बन्धी प्रधानमन्त्रीको भनाइबाट गम्भीर चिन्ता र जिज्ञासा उत्पन्न भएको प्रलेसको ठहर


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले जेठ १७ गतेको प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबाट आम नेपाली जनतासमक्ष गम्भीर जिज्ञासा र चिन्ता उत्पन्न भएको ठहर गरेको छ ।

    Advertisement

    अध्यक्ष डा. देवी क्षेत्री दुलाल र महसचिव डा. झगिन्द्रराज ढकाल (पारस) को हस्ताक्षरमा २०८३ जेठ १८ गते प्रेसविज्ञप्ति जारी गर्दै प्रलेसले सो धारणा व्यक्त गरेको हो ।

    राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता तथा स्वतन्त्र परराष्ट्र नीति अन्यन्त संवेदनशील विषय भएको बताउँदै प्रलेसले यस्ता विषयमा प्रधानमन्त्रीजस्तो संस्था जिम्मेवार तथा तथ्यपरक हुनुपर्ने ध्यानाकर्षण गराएको छ ।

    विनातथ्य तथा प्रमाण यस खालका अभिव्यक्ति दिइएको भन्दै विज्ञप्तिमा सार्वजनिक रूपमा क्षमायाचना गर्न तथा त्यसद्वारा भएको क्षतिको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने धारणा प्रलेसले व्यक्त गरेको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “२०८३ जेठ १७ गते सङ्घीय संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपालको सीमासम्बन्धी विषयमा व्यक्त गरिएको अभिव्यक्तितर्फ प्रगतिशील लेखक सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता तथा स्वतन्त्र परराष्ट्र नीतिसँग सम्बन्धित अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीबाट व्यक्त भनाइले आम नेपाली जनतामाझ गम्भीर जिज्ञासा र चिन्ता उत्पन्न गरेको छ ।

    नेपालको विभिन्न भूभागमा विदेशी अतिक्रमण तथा सीमासम्बन्धी विवादका विषय निरन्तर बहसको केन्द्रमा रहेका बेला नेपालले भारतको भूमि कहाँ, कहिले र कति क्षेत्रफल अतिक्रमण गरेको हो भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट तथ्य, प्रमाण र आधार सार्वजनिक गर्नुपर्ने हाम्रो जोडदार माग छ । राष्ट्रको सीमा, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको प्रश्न कुनै सामान्य राजनीतिक टिप्पणी वा बहसको विषय होइन, यो सम्पूर्ण नेपाली जनताको राष्ट्रिय स्वाभिमान, ऐतिहासिक यथार्थ र राष्ट्रिय अस्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।

    त्यसैले यस्ता संवेदनशील विषयमा राज्यको कार्यकारी नेतृत्वमा रहेका व्यक्तिबाट गरिने अभिव्यक्ति तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल हुनु आवश्यक छ । यदि प्रधानमन्त्रीले आफ्नो भनाइको पुष्टि गर्ने पर्याप्त तथ्य र प्रमाण प्रस्तुत गर्न सक्नुहुन्न भने उहाँले उक्त अभिव्यक्तिप्रति नेपाली जनतासमक्ष सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ साथै त्यसबाट राष्ट्रिय भावना र जनमानसमाथि परेको असरप्रति नैतिक जिम्मेवारी पनि वहन गर्नुपर्छ ।

    प्रगतिशील लेखक सङ्घ नेपाल राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा जनताको स्वाभिमानको पक्षमा सधैँ दृढतापूर्वक उभिने आफ्नो प्रतिबद्धता पुन: व्यक्त गर्दछ साथै सम्पूर्ण लेखक, बुद्धिजीवी, सांस्कृतिककर्मी तथा सचेत नागरिकलाई राष्ट्रिय हित र स्वाधीनतासँग सम्बन्धित विषयमा सजग, जिम्मेवार र एकताबद्ध रहन हार्दिक आह्वान गर्दछ ।”

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.