• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपालले सीमा मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा, सीमाविद् श्रेष्ठ भन्छन्– ‘यो गलत हो’


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कतिपय स्थानमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति विवादमा परेको छ ।

    Advertisement

    २०८३ जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जबाफ दिने क्रममा उनले सो अभिव्यक्ति दिएपछि यसबारे विवाद सुरु भएको हो ।

    प्रधानमन्त्री शाहले भनेका थिए– ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको, भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’

    उनले ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्ने’ पनि बताए ।

    प्रधानमन्त्री शाहको सो अभिव्यक्तिको सम्बन्धमा नेपाली कङ्ग्रेसले प्रष्टता खोजेको छ ।

    कङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभाबाटै प्रष्टता खोजेकी हुन् ।

    ‘सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो ? यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ उनले भनेकी छिन्– ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनुपर्‍यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

    सीमा मिचेको होइन, भोगचलन

    यस सन्दर्भमा सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको कतै पनि जमिन नमिचेको स्पष्ट पारे ।

    अनलाइन खबर डट कमसँग सङ्क्षिप्त अन्तर्वाता दिँदै उनले त्यसलाई ‘मिचेको’ भन्न नमिल्ने बरु ‘भोगचलन दखल’ भन्नुपर्ने बताए ।

    भारतले हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको एउटै चक्लाको तीन सय ७२ वर्ग किलोमिटर भूभाग मिचेको उनले बताए । त्यसैगरी नवलपरासीको सुस्तामा पनि एक सय ४५ वर्गकिलोमिटर भूभाग मिचेको उनले स्पष्ट पारे ।

    ‘नेपालले यसरी भारतको कुनै पनि ठुलो भूभाग कतै पनि मिचेको छैन । यो त केवल सीमापार केही मात्रामा भएको क्रस होल्डिङ अकुपेसन अर्थात् सामान्य भोगचलनको दखल मात्रै हो’ उनले भने– ‘यसलाई सीमा मिचिएको भन्न मिल्दैन बरु भोगचलन दखल भएको भन्नुपर्ने हो । केवल भोगचलन तलमाथि भएको मात्र हो ।’

    उनको भनाइ जस्ताको तस्तै यस्तो छ :

    यसमा केही मात्रामा भारतीय जनताले नेपाली किसानको जमिन भोगचलन गरिरहेका छन् भने केही मात्रामा नेपाली किसानले पनि भारतीय जमिन भोगचलन गरिरहेका छन् । सीमा क्षेत्रमा यति मात्रै भएको हो । यसलाई सीमा मिचेको भन्न मिल्दैन ।

    उदाहरणका लागि हाम्रो पर्सा जिल्लाको वीरगञ्जनजिकै सिर्सिया नदी छ । यो सिर्सिया नदी पहिले लगभग सोझो आकारमा बग्ने गर्दथ्यो । कालान्तरमा त्यो सिर्सिया नदी सर्पाकार (घुमाउरो) भएर दायाबाया मोडिँदै बग्न थाल्यो । नदीले यसरी आफ्नो धार परिवर्तन गर्दा सिर्सिया नदीलाई नै सिमाना मानिएका कारण जमिनको भोगचलनमा उलटफेर भयो ।

    नदी यताउति मोडिँदा केही नेपाली किसानको जमिन भारतीयतर्फ पर्न गयो र उनीहरूले भोगचलन गरे । त्यसैगरी केही भारतीय जनताको जमिन नेपालीको तर्फ पर्न आयो र नेपालीले भोगचलन गरे । नदी सर्पाकारमा बगेकाले मात्र यस्तो स्थिति बनेको हो ।

    भारतले हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको एउटै चक्लाको ३७२ वर्ग किलोमिटर ठुलो भूभाग मिचेको छ । त्यसैगरी नवलपरासी जिल्लाको सुस्तामा १४५ वर्ग किलोमिटर भूभाग मिचेको छ ।

    नेपालले यसरी भारतको कुनै पनि ठुलो भूभाग कतै पनि मिचेको छैन । यो त केवल सीमापार केही मात्रामा भएको ‘क्रस होल्डिङ अकुपेसन’ अर्थात् सामान्य भोगचलनको दखल मात्रै हो । यसलाई सीमा मिचिएको भन्न मिल्दैन बरु ‘भोगचलन दखल भएको भन्नुपर्ने हो । केवल भोगचलन तलमाथि भएको मात्र हो ।’

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.