काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकमा आक्रोशित रूपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरूले बैठककक्ष बाहिर लगेका छन् ।
Advertisement
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रूपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदले रोकेका थिए ।
रञ्जु दर्शना, ज्वाला सङ्ग्रौला, भूमिका श्रेष्ठलगायतले उनको हात समातेर रोकेका थिए तर आशिका शान्त नभएपछि सांसदहरू दर्शना र सङ्ग्रौलाले उनलाई बाहिर लगेका छन् ।
सांसद तामाङको यस खालको आवेशमा आउने शैली पुरानै हो ।