• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कम्युनिस्ट सङ्ग्रहालयको पहल : स्वरोजगार, सीप विकास र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड


  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल

    Advertisement

    बुटवल । युवाहरूलाई उत्पादन, स्वरोजगार र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ कम्युनिस्ट सङ्ग्रहालय नेपालको आयोजनामा बुटवलमा तीनदिने युवा स्वरोजगार तथा उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

    बुटवल उपमहानगरपालिका–६, चन्द्रनगरस्थित कम्युनिस्ट सङ्ग्रहालय नेपालको केन्द्रीय कार्यालयमा सञ्चालन भएको तालिमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले गर्नुभएको हो।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले बेरोजगारी र वैदेशिक पलायनका चुनौतीबीच युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धि र विकासका लागि युवाशक्तिलाई स्वरोजगार तथा उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    कार्यक्रमका विशिष्ट अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले व्यवहारिक ज्ञान र सीपसँग जोडिएका तालिमहरू समयको आवश्यकता भएको बताउनुभयो। उहाँले युवालाई रोजगार खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने क्षमतायुक्त बनाउन राज्य, स्थानीय तह र सामाजिक संस्थाहरूको साझा पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रमको अध्यक्षता कम्युनिस्ट सङ्ग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यले गर्नुभएको थियो भने सञ्चालन सङ्ग्रहालयका सदस्य लिलबहादुर केसीले गर्नुभएको थियो।

    उत्पादन, उद्यम र आत्मनिर्भरतामाथि केन्द्रित प्रशिक्षण

    आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा युवा स्वरोजगार, उद्यमशीलता, कृषि व्यवसाय, राष्ट्रिय अर्थतन्त्र, सीप विकास तथा समसामयिक विषयहरूमा विभिन्न विज्ञहरूले प्रशिक्षण दिनेछन्।

    तालिमको पहिलो दिन पुस्तकालय तथा सङ्ग्रहालय व्यवस्थापन विषयमा पुस्तकालय विज्ञ शिवराज अधिकारीले प्रशिक्षण दिनुभयो। त्यसैगरी, उद्यमशीलता तथा युवा स्वरोजगारका विषयविज्ञले “उद्यमशीलता र युवा स्वरोजगारको आवश्यकता र महत्व” विषयमा प्रशिक्षण दिनुभएको थियो।

    सह–प्राध्यापक तथा प्रशिक्षक लिलबहादुर केसीले “राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणमा युवाको भूमिका” विषयमा प्रशिक्षण दिँदै उत्पादनशील श्रम, स्वदेशी स्रोत–साधनको उपयोग र उद्यमशीलताको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो।

    भूमण्डलीकरणदेखि कृषि उद्यमसम्मका विषय समेटिने

    तालिमको दोस्रो दिन सह–प्राध्यापक लिलबहादुर केसीले भूमण्डलीकरण, उदारीकरण र निजीकरणका कारण उत्पन्न बेरोजगारी तथा आर्थिक चुनौतीबारे प्रशिक्षण दिनुहुनेछ। त्यसैगरी, विज्ञ लोकराज भुसालले उद्यमशीलताको अवधारणा, अवसर र चुनौतीका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

    कृषि विज्ञ तुलसी भण्डारीले व्यावसायिक कृषि तथा पशुपालनमार्फत युवा स्वरोजगारका सम्भावनाबारे प्रशिक्षण दिनुहुनेछ। कृषि उत्पादन र कृषि–आधारित उद्योगको विकासमार्फत ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने विषयमा विशेष जोड दिइने जनाइएको छ।

    राष्ट्रिय अर्थतन्त्र र सीप विकासबारे विशेष छलफल

    तालिमको अन्तिम दिन सीप विकास विज्ञ बुद्धि पन्थीले साना, लघु तथा मझौला उद्योग सञ्चालन, सीप विकास र स्वरोजगारका सम्भावनाबारे प्रशिक्षण दिनुहुनेछ। पुस्तकालय विज्ञ शिवराज अधिकारीले “सङ्ग्रहालयको अभिलेखीकरण” विषयमा प्रशिक्षण प्रदान गर्नुहुनेछ।

    त्यसैगरी, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले उपभोक्तावादी संस्कृति, लोकप्रियतावाद र विश्वव्यापीकरणका असरबारे प्रस्तुति दिनुहुनेछ भने अर्थशास्त्री मनोज भट्टले प्राकृतिक स्रोत–साधनमा आधारित राष्ट्रिय अर्थतन्त्र निर्माण तथा दलाल पुँजीवादको प्रभावबारे अन्तरक्रियात्मक छलफल सञ्चालन गर्नुहुने कार्यक्रम रहेको छ।

    आयोजक कम्युनिस्ट सङ्ग्रहालय नेपालले तालिमले युवाहरूमा उद्यमशील सोचको विकास, उत्पादनमुखी चेतनाको विस्तार तथा स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। साथै, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणको अभियानमा युवाशक्तिलाई संगठित र सक्रिय बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जनाएको छ।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.