• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

यो सरकारबाट जनताको पक्षमा नयाँ काम केही हुन्न : पुरी


  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले वर्तमान बालेन्द्र सरकारबाट जनताको पक्षमा नयाँ काम केही नहुने ठोकुवा गर्नुभएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आयोजनामा २०८३ जेठ १५ गते आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    अध्यक्ष शक्तमान बुढाथोकीले ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएसँगै प्रवक्ता पुरी मन्तव्य राख्दै हुनुहुन्थ्यो ।

    उहाँले अहिले सत्तारूढ भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई साम्राज्यवादको कठपुतली भएकोसमेत आरोप लगाउनुभयो ।

    ‘रास्वपा साम्राज्यवादी शक्तिले जन्माएको कठपुतली हो’ प्रवक्ता पुरीले भन्नुभयो– ‘यस्तो कठपुतली सरकारबाट जनताको पक्षमा नयाँ काम केही हुन्न ।’

    विद्यार्थी सङ्गठन र टे«ड युनियन खारेजी, प्रेसमाथिको अङ्कुश र सुकुम्वासी बस्ती हटाउ प्रकरणको उदाहरण दिँदै उहाँले सरकारले सामान्य मानवीय संवेदनासमेत कुल्चने गरेको विश्लेषण अगाडि सार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘विश्वभरिका पुँजीवादीहरूले स्वीकार गरेका ट्रेड युनियन अधिकारसमेत नयाँ भनिएकाले खोसिरहेका छन् ।’

    सुकुम्वासीलाई पहिला व्यवस्थापन, त्यसपछि मात्र उनीहरूको बस्ती हटाउनुपर्ने सामान्य प्रक्रियाको समेत उनीहरूले बेवास्ता गरिरहेको बताउनुभयो ।

    संविधान संशोधनको सन्दर्भमा सरकारको नियत प्रतिगामी रहेको बुझाइ उहाँले व्यक्त गर्नुभयो ।

    ‘संविधान संशोधन उनीहरूले प्रतिगामी उद्देश्यका लागि गर्न खोजेकोजस्तो देखिन्छ’ उहाँले भन्नुभयो– ‘गणतन्त्र र धर्मनिरपेक्षता तथा राष्ट्रकै अस्तित्व समाप्त गर्नका लागि उनीहरूले संविधान संशोधन गर्न खोजिरहेको देखिन्छ ।’

    त्यस्तै उहाँले सस्तो लोकप्रियताको खोजीमा सत्तारूढ शक्तिले देशमा फासिवादको अभ्यास गर्न खोजिरहेको पनि बताउनुभयो ।
    कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू कमजोर भएको अवस्थामा रास्वपाले पपुलिस्ट चिन्तन उपयोग गरिरहेको भनाइ उहाँको थियोा ।

    सङ्घीयता खारेजी पनि यो सरकारबाट नहुने उहाँले स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकासँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराई, कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, हङकङ नेपाली एकता समाजका महसचिव अमृता रानाथापा, जापान नेपाली एकता समाजका सचिव प्रदीप विक, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारी र मलेसिया नेपाली एकता समाजका अध्यक्ष केशव खनालले पनि मन्तव्य राख्नुभएको थियो ।
    सो अवसरमा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाहका सल्लाहकार ठाकुर खनाल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंहलगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता उपाध्यक्ष प्रेम पौडेलले, सञ्चालन महासचिव खुम रायमाझीले र स्वागत केन्द्रीय सदस्य रामप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    कार्यक्रमको अन्तमा जनक विसी, कुमार खनाललगायतले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.