• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • वेलिङ्गटन, १३ जेठ (रासस/एएफपी) । दुई पटकसम्म विलुप्त घोषित भइसकेको न्युजिल्यान्डको अत्यन्त दुर्लभ प्याराकिट प्रजातिको अस्तित्व जोगाउन एउटा प्रजनन जोडीले असाधारण योगदान दिएको छ । ‘नाचो’ र ‘ट्रिक्सी’ नामका यी दुई चराले मात्रै हाल जीवित कुल सङ्ख्याको १० प्रतिशतभन्दा बढी हिस्सा जन्माएर संरक्षणकर्मीहरूलाई आशावादी बनाएका छन् ।

    Advertisement

    न्युजिल्यान्डको स्थानीय प्रजाति ककारिकी काराका विश्वकै सबैभन्दा दुर्लभ प्याराकिटमध्ये एक मानिन्छ । ककारिकी काराकालाई सुन्तला–फ्रन्ट प्याराकिट पनि भनिन्छ । गम्भीर रूपमा सङ्कटापन्न अवस्थामा रहेको यो प्रजाति इतिहासमा दुई पटक विलुप्त भएको घोषणा गरिएको थियो, तर पछि पुनः फेला परेको थियो ।

    हाल यो प्रजातिका करिब ४५० वटा चरा मात्रै बाँकी रहेको अनुमान गरिएको छ । हाल बाँकी रहेका अधिकांश चरा सुरक्षित संरक्षण क्षेत्र तथा शिकारीमुक्त टापुहरूमा बसोबास गरिरहेका छन् भने केही जङ्गली क्षेत्रमा पनि देखिएका छन् ।

    क्राइस्टचर्चस्थित आइज्याक कन्जरभेसन एन्ड वाइल्डलाइफ ट्रस्टले सन् २०२४ मा नाचो र ट्रिक्सीलाई प्रजननका लागि जोडी बनाएको थियो । त्यसयता यी दुवैले ५५ वटा बच्चा जन्माइसकेका छन् । तीमध्ये ३३ वटा बच्चा यस वर्ष मात्रै जन्मिएका हुन् ।

    वन्यजन्तु व्यवस्थापक लेह पर्कास्कीले विशेषगरी ट्रिक्सीको अथक प्रजनन क्षमताको प्रशंसा गर्नुभएको छ । उहाँका अनुसार प्रजनन मौसम सकिइसक्दा पनि ट्रिक्सीले अन्डा पार्ने र बच्चा हुर्काउने काम जारी राखेकी छन् ।

    “प्रजननको मौसम समाप्त भइसकेको छ, तर उनी अझै पनि अन्डा उत्पादन र बच्चा हुर्काउने काममै सक्रिय रहेकी छन्”, पर्कास्कीले भन्नुभयो, “हामी चाहन्छौँ उनले केही समय आराम गर्न सकून्, तर पछिल्लो समूहमा थप सात बच्चा जन्माएर उनले थकानको कुनै सङ्केत देखाएकी छैनन् ।”

    पर्कास्कीका अनुसार नाचोको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । ट्रिक्सी र बच्चाहरूका लागि खाना जुटाउने जिम्मेवारी मुख्य रूपमा नाचोले सम्हालिरहेका छन्, जुन निकै कठिन र व्यस्त काम हो ।

    संरक्षण विभागअन्तर्गत ककारिकी काराका पुनःस्थापना कार्यक्रमका प्रमुख वेन बेग्सले नाचो र ट्रिक्सी जस्ता सफल प्रजनन जोडीहरूले यो दुर्लभ प्रजातिको भविष्य सुरक्षित गरिरहेको बताउनुभयो ।

    उहाँले मानव देखरेखमा गरिने प्रजनन कार्यक्रम अहिले पनि संरक्षण प्रयासको मुख्य आधार रहेको स्पष्ट पार्नुभयो । “यस्ता कार्यक्रमबिना हामी नयाँ सुरक्षित बासस्थान स्थापना गर्न सक्दैनौँ”, बेग्सले भन्नुभयो, “जङ्गली सङ्ख्या शिकारीका कारण अत्यन्त जोखिममा छ, त्यसैले हामीलाई सधैँ वैकल्पिक सुरक्षित सङ्ख्या आवश्यक पर्छ ।”

    पर्कास्कीले नाचो र ट्रिक्सीले आफ्नो प्रजातिको अस्तित्व जोगाउन ठूलो योगदान दिएको उल्लेख गर्दै अब भने उनीहरूले केही विश्राम पाउनुपर्ने धारणा राख्नुभयो ।

    “उनीहरूले यति धेरै ऊर्जा कहाँबाट ल्याउँछन् भन्नेबारे म अझै निश्चित छैन”, उहाँले भन्नुभयो, “तर पछिल्लो समूहपछि उनीहरूले राम्ररी आराम गर्न पाउने आशा गरेको छु ।”

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
    चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

    • २.
      बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    • ३.
      अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    • ४.
      इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    • ५.
      ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    • ६.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • ७.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ८.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.