काठमाडौँ । राष्ट्रिय जनमोर्चा गुल्मीले संविधान संशोधनको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
राजमो नेता सुरेश थापाको प्रमुख आतिथ्यमा २०८३ जेठ १० गते सदरमुकाम तमघासमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सदस्य तथा गुल्मीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिव छविलाल सर्तुङीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई सहसचिव हरि न्यौपानेले स्वागत गर्नुभएको थियो ।
राजमो नेता थापाले प्रस्तुत गर्नुभएको अवधारणापत्रमाथि केन्द्रित रहेर उक्त कार्यक्रममा नेकपा (मसाल) गुल्मीका प्रवक्ता चिन्तामणि भट्टराई, राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रामेश्वर खत्री, नेकपा (एमाले) गुल्मीका सचिव गणेश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सचिव अशोक थापा, नेपाली कङ्ग्रेस गुल्मीका सहसचिव देवी पाण्डे र नेकपा (माओवादी) गुल्मीका सेक्रेटरी बसन्त सीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल बार एसोसियसन गुल्मीका अध्यक्ष गोपाल खनाल, उद्योग वाणिज्य सङ्घ गुल्मीका अध्यक्ष मिर्गेन्द्र श्रेष्ठ, च्याम्बर अफ कमर्स गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, मानवअधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष लक्ष्मी पन्थी अर्याल, सुशासन अभियान गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेल र पत्रकार रमेश विश्वकर्माको आतिथ्य रहेको थियो ।
