• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संविधान संशोधन गर्दा सबैभन्दा पहिला संघीयता फालौँ : चित्र बहादुर केसी


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संविधान संशोधन गर्दैगर्दा सबैभन्दा पहिला संघीयता हटाउनुपर्ने बताउनु भएको छ । अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले बुटवलमा आयोजना गरेको “गणतन्त्र र राष्ट्रियता” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो ।

    Advertisement

    संविधानलाई “गतिशील दस्तावेज” को रूपमा व्याख्या गर्दै समयानुकूल संशोधन आवश्यक रहेको बताउनु भयो, तर उहाँको मुख्य चिन्ता संघीय संरचनामाथि केन्द्रित थियो ।

    कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमार्फत राजमो अध्यक्ष चित्रबहादुर केसीले राजमोको निष्कर्ष अनुसार संघीयताले अपेक्षित राजनीतिक स्थायित्व, आर्थिक सुदृढीकरण र राष्ट्रिय एकता दिन नसकेको दाबी गर्नु भयो । प्रशासनिक खर्च वृद्धि, राज्य संयन्त्रको बोझिलो संरचना र केन्द्र–प्रदेशबीचको अधिकार विवादलाई राजमोले संघीयताको असफलताको रुपमा लिएको केसीको भनाई थियो ।

    नेपालको संविधान निर्माण प्रक्रिया ऐतिहासिक राजनीतिक सहमतिबाट अघि बढेको भए पनि त्यसको कार्यान्वयनमा देखिएका चुनौतीहरू भएको केसीले बताउनु भयो । यही सन्दर्भमा राजमोले संघीयताको पुनरावलोकन मात्र होइन, खारेज गर्नुपर्ने अध्यक्ष केसीले जोड दिनुभयो ।

    ‘यो विषय राजनीतिक रूपमा संवेदनशील छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘किनकि संघीयता संविधानको आधारभूत संरचनामध्ये एक भएता पनि नेपालको परिवेशमा यो उपयुक्त छैन ।’

    ‘राजमोले उठाएको अर्को महत्वपूर्ण प्रश्न विदेशी हस्तक्षेप र राष्ट्रियताको विषय हो’ अध्यक्ष केसीले भन्नुभयो– ‘संविधान संशोधनको बहस विदेशी प्रभावबाट मुक्त हुनुपर्ने आवश्यकता छ ।’

    राजमोको कार्यक्रममा सहभागी कानुनविद् र सरोकारवालाहरूले भने संविधान संशोधनलाई राजनीतिक स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिएका छन् । उच्च अदालत बार एसोसिएशन बुटवलका अध्यक्ष गोविन्द मरासिनी र वरिष्ठ अधिवक्ता खुमाकान्त पौडेलले संवैधानिक सर्वोच्चता, अधिकार–कर्तव्य सन्तुलन तथा राष्ट्रियतालाई बलियो बनाउने संशोधनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनीहरूको अभिव्यक्तिले संविधान संशोधन केवल राजनीतिक दलहरूको शक्ति–सन्तुलनको विषय नभई दीर्घकालीन संस्थागत स्थायित्वसँग जोडिएको संकेत गर्छ ।

    अन्तरक्रिया कार्यक्रम केवल एउटा औपचारिक बहस नभई नेपालको संविधान, संघीयता र राष्ट्रिय पहिचानमाथि जारी वैचारिक संघर्षको प्रतिबिम्ब बनेको छ । संविधान संशोधनको बहस अब केवल प्राविधिक वा कानुनी विषयमा सीमित छैन, यो राज्यको संरचना, शासन प्रणाली, राष्ट्रियता र लोकतान्त्रिक मूल्यको दिशा तय गर्ने राजनीतिक बहसमा रूपान्तरण हुँदै गएको देखिन्छ ।

    त्यस्तै अधिवक्ता पदम कार्की, उद्योग व्यापार संघका प्रकाश ढाकाल, राष्ट्रिय जनमोर्चाका पुरुषोत्तम कँडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रेम सुवेदी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सरद ओली, लगायत नेपाली कम्युनिस्ट पार्टी पशुपति भण्डारी, नेकपा एमालेका बाबुराम पन्थी, नेपाली काँग्रेसका गोविन्द खनालले आ–आफ्‌ना पार्टीको धारणा प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको अध्यक्षता इन्दिरा ज्ञावलीले गर्नुभएको थियो भने कार्यक्रममा सहभागिहरूलाई कृष्णप्रसाद पोख्रेलले गर्नु मन्तव्यबाट स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन चेतनाथ आचार्यले गर्नुभएको थियो ।

    संविधान संशोधनको बहस राष्ट्रिय राजनीतिमा तीव्र बन्दै गइरहेका बेला राजमोले संघीयताको औचित्य, राष्ट्रियता र गणतन्त्रको संस्थागत अवस्थामाथि प्रश्न उठाउँदै आफ्‌नो पुरानो राजनीतिक अडानलाई पुनः मुखर बनाएको हो ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.