• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

युवक सङ्घको राष्ट्रिय प्रशिक्षणात्मक भेला साउन २३–२४ गते बुटवलमा


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घको राष्ट्रिय प्रशिक्षणात्मक भेला आगामी साउन २३–२४ गते रुपन्देहीको बुटवलमा हुने भएको छ ।

    Advertisement

    अध्यक्ष गणेश अधिकारीको हस्ताक्षरमा २०८३ जेठ ८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै युवक सङ्घले सो जानकारी दिइएको हो ।

    जेठ ५–७ गतेसम्म बागलुङ जैमिनी नगरपालिकाको बिनामारेमा सम्पन्न पाँचौँ केन्द्रीय समिति बैठकको निर्णय जानकारी गराउन सो प्रेसविज्ञप्ति जारी गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    विज्ञप्तिमा अन्तर्राष्ट्रिय परिस्थितिको सन्दर्भमा युद्ध र साम्राज्यवादको विरोध गर्दै राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।

    नयाँ सरकार गठनसँगै देशको लोकतन्त्र खतरामा पारेको स्पष्ट पार्दै विज्ञप्तिमा लोकतान्त्रिक मूल्य र अधिकारको पक्षमा दबाब सिर्जना गर्न पहल गर्ने बताइएको छ ।

    विज्ञप्तिमा असारको पहिलो हप्ता काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने, साउनमा प्रदेशस्तरीय बैठक बस्ने, भदौमा पालिकास्तरीय र असोजमा जिल्लास्तरीय भेला वा सम्मेलन गर्दै यसै वर्षको मङ्सिरमा आठौँ राष्ट्रिय सम्मेलन गर्ने योजना उल्लेख गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “२०८३ जेठ ५–७ गते बागलुङ जिल्लाको जैमिनी नगरपालिका बिनामारेमा अखिल नेपाल युवक सङ्घको पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ । वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, युवाको अवस्था, सङ्गठनात्मक गतिविधि तथा जनजीविकासँग सम्बन्धित विषयमाथि गम्भीर समीक्षा गर्दै महŒवपूर्ण निष्कर्ष तथा निर्णय गरेको छ ।

    विश्व राजनीतिक क्षेत्रमा शक्तिराष्ट्रको बढ्दो प्रतिस्पर्धा, विश्वयुद्धको जोखिम, आर्थिक सङ्कट तथा दक्षिण एसियामा बढिरहेको भूराजनीतिक प्रभावले नेपालजस्तो सानो र संवेदनशील मुलुकमाथि दबाब बढिरहेको बैठकले निष्कर्ष निकालेको छ । विशेषत: नेपालप्रति भारत र चीनलगायत शक्तिराष्ट्रको बढ्दो रणनीतिक चासोबिच राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र तथा स्वतन्त्र राष्ट्रिय नीतिको रक्षा गर्नुपर्ने आवश्यकता बैठकले औँल्याएको छ ।

    बैठकले देशभित्र बढिरहेको महँगी, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा भइरहेको बारम्बारको मूल्यवृद्धि, भ्रष्टाचार, कुशासन, बेरोजगारी तथा उत्पादनमुखी अर्थतन्त्रको कमजोर अवस्थाले आम जनताको जीवन अत्यन्त कष्टकर बनेको निष्कर्ष निकालेको छ । वर्तमान सरकारले जनजीविकाका आधारभूत सवाल समाधान गर्नुको सट्टा दमन, नियन्त्रण, हस्तक्षेप र जनआवाजलाई दबाउने प्रकारका निरङ्कुश तथा फासिवादी शैलीका गतिविधि बढाउँदै लगेकोप्रति बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ । वास्तविक सुकुम्वासी, श्रमिक, किसान, विद्यार्थी तथा युवाका समस्याप्रति उदासिन रहँदै राज्यसंयन्त्रलाई जनतामाथि दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र जनअधिकार विरुद्ध रहेको बैठकको ठहर छ ।

    बैठकले हजारौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेको तथा वैदेशिक रोजगारीमा गएका युवाहरू शोषण, असुरक्षा र पीडाको अवस्थामा बाँच्न विवश रहेको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । स्वदेशमा रहेका युवाहरू बेरोजगारी, निराशा, अराजकता र भविष्यप्रतिको अन्योलबाट पीडित रहेको निष्कर्षसमेत बैठकले निकालेको छ । त्यस्तै सुकुम्वासी, श्रमिक तथा विपन्न जनताको समस्याको दीर्घकालीन समाधान गर्न राज्य असफल भइरहेको तथा जनजीविकाका सवाललाई बेवास्ता गर्ने प्रवृत्ति बढिरहेकोप्रति पनि बैठकले आपत्ति जनाएको छ ।

    बैठकले सङ्गठनात्मक गतिविधिलाई अझ सशक्त र प्रभावकारी बनाउने, निष्क्रिय तथा रिक्त पदको पूर्ति आगामी बैठकद्वारा गर्ने, असारको पहिलो हप्ताभित्र काठमाडौँमा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने तथा महँगी, बेरोजगारी, सुकुम्बासी समस्या र जनजीविकाका सवालमा पालिका तथा जिल्ला तहबाट सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । त्यसैगरी साउन २३–२४ गते बुटवलमा राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । साउनभित्र प्रदेश बैठक, भदौमा पालिकास्तरीय भेला वा सम्मेलन तथा असोजमा जिल्लास्तरीय भेला वा सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

    बैठकले युवक सङ्घको आठौँ राष्ट्रिय सम्मेलन २०८३ मङ्सिर महिनामा सम्पन्न गर्ने निर्णय गर्दै अन्य महŒवपूर्ण निर्णयसमेत गरेको जानकारी यसै प्रेसविज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।”

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.