• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

भारतसितको सुपुर्दगी सम्झौताको उपयोग भारतले नै गर्ने मसालको ठहर


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारतसितको सुपुर्दगी सम्झौताको उपयोग अन्तत: भारतले नै गर्ने ठहर गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ जेठ ८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    गत फागुन २१ गते संसद बैठकले “नेपाल सरकार र गणतन्त्र भारत सरकारबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता” पारित गरेकोमा सोही सम्झौताभित्र सुपुर्दगी प्रावधान सामेल गरिएको उक्त वक्तव्यमा उल्लेख छ ।

    दुवै देशका प्रहरी एकअर्को देशमा प्र्रत्यक्ष उपस्थित रहेर अनुसन्धान गर्न पाउने वा दुवै देशका प्रहरी मिलेर अनुसन्धान गर्ने भनिए पनि व्यवहारमा त्यसको बढी उपयोग भारतले नै गर्ने मसालको धारणा छ ।

    सुपुर्दगी सम्झौताको यस खालको चरित्र बुझेर नै यसअघिका सरकारले सो सम्झौता नगरेको प्रसङ्ग वक्तव्यमा उल्लेख गरिएको छ ।

    संसद्द्वारा पारित सो सम्झौताको कडा विरोध गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “गत फागुन २१ गते निर्वाचित संसद्को २०८३ वैशाखमा बसेको बैठकले “नेपाल सरकार र गणतन्त्र भारत सरकारबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता” पारित गरेको छ ।

    त्यसबारे नेपाल सरकार र भारत सरकारका बिचमा लामो समयदेखि छलफल चल्दै आएको थियो । भारतले बारम्बार त्यो सम्झौतामा भारतीय स्वार्थका कुरालाई एकपछि अर्को थप्दै नेपाललाई त्यो सम्झौता पारित गर्न दबाब दिँदै आएको थियो । त्यो सम्झौतालाई पारित गराउन भारतले बारम्बार जोड दिए पनि नेपालका विभिन्न सरकारले त्यो सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए । सुशीला कार्कीको सरकारले प्रथमपल्ट त्यो सम्झौतालाई स्वीकार गर्‍यो र बालेन सरकारले त्यसलाई संसद्मा पेस गर्‍यो र त्यो पारित पनि भयो । त्यसरी जेनजी आन्दोलनपछि बनेको सरकारको भारतका लागि त्यो पहिलो र महत्त्वपूर्ण उपहार थियो ।

    त्यो सम्झौतामा भएका व्यवस्थाअनुसार दुवै देशका प्रहरीलाई एकअर्काको देशमा गएर छानबिन, खानतलासी, सम्पत्ति जफत, हिरासत वा जेलमा रहेका व्यक्तिलाई कुनै पक्षले माग गरेमा बुझाउनुपर्ने, यहाँसम्म कि दुवै देशका प्रहरीले संयुक्त रूपमा एकअर्कोको देशमा गएर अनुसन्धानसमेत गर्न पाउने, गिरफ्तार गर्न पाउने वा एकअर्का देशका अभियुक्तलाई सुपुर्दगी गर्न पाउने आदि व्यवस्था गरिएको छ । सम्झौताले भारत र नेपालका बिचमा फौजदारी विषयमा पारस्परिक कानुुनी सहायता सम्झौता समानताको सिद्धान्तमा आधारित भएकोजस्तो देखिए पनि व्यवहारमा त्यस प्रकारका अधिकारको प्रयोग भारतले नै गर्ने कुरा स्पष्ट छ ।

    त्यो कुरामाथि ध्यान दिएर नै नेपालका पहिलेका सबै सरकारले त्यसलाई अस्वीकार गर्दै आएका थिए तर सुशीला सरकारले विनाकुनै आपत्ति त्यसलाई स्वीकार गर्‍यो र बालेन सरकारले सम्झौतालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    सरकारको त्यस प्रकारको निर्णयको नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले कडा शब्दमा विरोध गर्दछ ।”

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.