• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

उठिबासपछि बाँकी रहेको प्रश्न : सुकुमवासीको जीवन कि राज्यको संवेदनहीनता ?


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, जेठ ३ । काठमाडौंका नदी किनारमा वर्षौंदेखि बस्दै आएका सुकुमवासी बस्तीमाथि डोजर चल्दा भत्किएका केवल टहरा थिएनन्, भत्किएको थियो हजारौँ मानिसको भरोसा, सुरक्षा र आत्मसम्मान पनि । राज्यले “अतिक्रमण हटाउने अभियान” को नाममा गरिबका घर उजाड्यो, तर त्यसपछि उनीहरूको जीवन कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिन सकेन । अहिले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सयौँ परिवारको पीडा यही हो—उनीहरूलाई नागरिकभन्दा बोझजस्तो व्यवहार गरिएको अनुभूति भइरहेको छ।

    Advertisement

    राजकुमार माझी २० वर्षदेखि बल्खु किनारमा बस्दै आएका थिए । झापाबाट विस्थापित भएर काठमाडौँ आइपुगेका उनीसँग बस्ने ठाउँ थिएन । नदी किनारको सानो टहरा नै उनको संसार थियो । तर, राज्यले त्यो संसार एकै दिनमा मेटाइदियो । अहिले सरकारले दिने भनेको १५–२५ हजार रुपैयाँको राहत सुन्दा उनलाई लाग्छ—यो सहयोग होइन, घाउमा नुनचुक छर्किनु हो ।

    किनभने समस्या केवल केही दिनको भाडा तिर्ने होइन । समस्या त अस्तित्वको हो । वर्षौँदेखि यही शहरमा श्रम गरेर बाँचिरहेका मानिसहरूलाई अचानक “अतिक्रमणकारी” घोषणा गरियो । उनीहरूको पसिना स्वीकार गरियो, तर उनीहरूको बसोबास स्वीकार गरिएन । शहर निर्माण गर्ने मजदुरलाई शहरमै बस्ने अधिकार नदिइनु राज्यको सबैभन्दा ठूलो विडम्बना हो ।

    सरकारले पहिले १५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासन दिएको थियो। तर समय बित्दै जाँदा त्यो आश्वासन हावादारी साबित भयो । स्थायी व्यवस्थापनको कुनै स्पष्ट योजना नदिई अहिले “आफैं व्यवस्थापन गर्नू” भनेर केही हजार रुपैयाँ थमाइदिन खोज्नु जिम्मेवारीबाट पन्छिने प्रयास मात्र देखिन्छ । काठमाडौंजस्तो महँगो शहरमा १५ हजार रुपैयाँले एक परिवारले कतिदिन गुजारा चलाउन सक्छ ? भाडा, खाना, औषधि, बालबालिकाको पढाइ—यी सबै आवश्यकता त्यो रकमले छुन पनि सक्दैन ।

    होल्डिङ सेन्टरमा बसिरहेका बालकृष्ण हुमागाईंको अवस्था झन् दर्दनाक छ। बिरामी खुट्टा, श्रीमतीको आँखाको समस्या, छोरीको पढाइको चिन्ता—यी सबैसँग जुधिरहेका उनी राज्यको व्यवहारबाट निराश छन् । उपचारका लागि बोलाइएको एम्बुलेन्ससमेत रद्द गरिनु केवल प्रशासनिक कमजोरी होइन, मानवीय संवेदनाको अभाव हो । जब नागरिकको आधारभूत स्वास्थ्य र सम्मान सुनिश्चित गर्न राज्य असफल हुन्छ, त्यहाँ लोकतन्त्रको अर्थ कमजोर हुन थाल्छ ।

    गीता लामाको कथा पनि फरक छैन । थापाथली किनारमा बस्दा ज्यामी काम गरेर परिवार धानिरहेकी उनी अहिले कामविहीन छिन् । अपांगता भएका श्रीमान र पढ्दै गरेकी छोरीको भविष्य उनको काँधमा छ । तर अहिले उनीसँग न स्थायी बसोबास छ, न निश्चित रोजगारी । “सुकुमवासी” भन्ने पहिचान नै समाजमा विभेदको कारण बनेको छ । कोठा खोज्दा अस्वीकार, काम खोज्दा तिरस्कार—यो केवल आर्थिक संकट होइन, सामाजिक बहिष्करण पनि हो ।

    सबैभन्दा गम्भीर प्रश्न यहाँ उठ्छ—के गरिब हुनु अपराध हो ?

    यदि राज्यले नदी किनार खाली गराउनै पर्ने थियो भने त्यसअघि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था किन गरिएन ? किन नागरिकलाई पहिला सुरक्षित विकल्प नदिई सडकमा ल्याइयो ? विकास र सुन्दर शहरको नाममा गरिबमाथि डोजर चलाउनु सजिलो होला, तर त्यो विकास तबसम्म अधुरो रहन्छ जबसम्म त्यसले सबै नागरिकको जीवन र सम्मानलाई समेट्दैन ।

    विडम्बना त के छ भने, ऐलानी जग्गामा बसेका प्रभावशाली व्यक्तिहरूका सवालमा राज्य मौन देखिन्छ, तर गरिब सुकुमवासीमाथि कठोर बन्छ । यही दोहोरो मापदण्डले सुकुमवासी समुदायमा अन्यायको अनुभूति गहिरो बनाएको छ । कानुन सबैका लागि समान हुनुपर्छ भन्ने सिद्धान्त व्यवहारमा लागू नहुँदा राज्यप्रतिको विश्वास कमजोर हुन्छ ।

    सुकुमवासीहरूका माग अस्वाभाविक छैनन् । उनीहरू केवल सुरक्षित बास, दिगो व्यवस्थापन र सम्मानजनक जीवन चाहिरहेका छन् । लालपुर्जा, पुनर्स्थापना र रोजगारीको सुनिश्चितता उनीहरूको आधारभूत अधिकारसँग जोडिएका विषय हुन्। अस्थायी राहतले केही दिन धानिएला, तर दिगो समाधान बिना समस्या फेरि दोहोरिन्छ।

    राज्यले बुझ्नुपर्ने कुरा के हो भने, सुकुमवासी समस्या केवल “अतिक्रमण” को विषय होइन यो गरिबी, विस्थापन, असमानता र राज्यको दीर्घकालीन योजनाहीनताको परिणाम हो । त्यसैले समाधान पनि मानवीय, संवेदनशील र दीर्घकालीन हुनुपर्छ ।

    अन्यथा, डोजरले भत्किएका टहरासँगै राज्य र नागरिकबीचको विश्वास पनि भत्किरहनेछ ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.