काठमाडौँ, जेठ ५ । नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा मंगलबार बार परिसरमा लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् ।
Advertisement
बारले बिना कारण निवेदन दर्ता नगर्नु प्रशासनको अधिकारबाहिरको काम भएको भन्दै न्यायिक प्रक्रियामा अवरोध पुगेको जनाएको छ ।
साथै, कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगरेको भन्दै प्रशासनको कदमको आलोचना गरिएको छ ।