• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान संशोधनको नाममा गणतन्त्र कमजोर बनाउने खेल हुँदैछ : भट्ट


  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संविधान संशोधनको नाममा गणतन्त्र कमजोर बनाउने खेल भएको बताउनुभएको छ ।

    राजमो अर्घाखाँचीले २०८२ जेठ २ गते शनिबार सन्धिखर्कमा आयोजना गरेको ‘देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन’ विषयक अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    महासचिव भट्ट देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिसन्तुलनको विषयमा पार्टीको धारणा राख्दै हुनुहुन्थ्यो ।

    उहाँले संविधान संशोधनको नाममा गणतन्त्रलाई कमजोर बनाउने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    भट्टले भन्नुभयो– ‘अहिलेको अवस्थामा गणतन्त्रको रक्षा गर्नु नै पहिलो आवश्यकता भएको उल्लेख गर्दै संविधान संशोधन गर्दा राष्ट्रियता, सार्वभौमिकता र जनताले सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिको संरक्षण हुनुपर्दछ ।’

    उहाँले वर्तमान संविधानमा रहेको सङ्घीय संरचना मुलुकका लागि आर्थिक तथा प्रशासनिक रूपमा बोझ बनेको दाबी गर्दै सङ्घीयता खारेज गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

    भट्टले निर्वाचन प्रणाली परिवर्तन गर्ने विषय अहिले उपयुक्त नभएको उल्लेख गर्दै विद्यमान प्रणालीमै सुधार र स्थायित्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    उहाँले नेपालको राजनीतिक घटनाक्रमलाई अन्तर्राष्ट्रिय शक्तिसँग जोड्दै पुराना राजनीतिक दलले चीनलाई मित्रराष्ट्रका रूपमा स्वीकार गर्दा अमेरिकाको रणनीतिक उद्देश्य पूरा हुन नसकेको र त्यसैको परिणामस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको दाबी गर्नुभयो ।

    उहाँले रास्वपाले अघि सारेका राजनीतिक एजेन्डा दीर्घकालीन रूपमा सफल हुन नसक्ने टिप्पणीसमेत गर्नुभयो ।

    नेपाली कङ्ग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य केबी भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका संयोजक राजेन्द्र नेपाली, प्रतिनिधिसभाका पूर्व सांसद बिजुला रायमाझीलगायतले बोल्दै संविधान नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको मूल मर्म र गणतान्त्रिक चरित्र कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभयो ।

    उहाँहरूले राष्ट्रिय सहमति र जनभावनालाई आधार बनाएर मात्रै आवश्यक संशोधनका विषय अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा राजमोसहित विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, बुद्धिजीवी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

    शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.