• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको भावना विपरीत छ : केसी

"कालापानी क्षेत्रमा रहेको भारतीय सेना फिर्ता गर्ने विषयमा सरकार मौन "

  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमप्रति आपत्ती जनाएको छ । पार्टीका अध्यक्ष चित्र बहादुर केसीद्वारा जारी वक्तव्यमा सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको भावना विपरीत रहेको उल्लेख छ ।

    Advertisement

    वक्तव्यमा सरकारले सहकारी पीडितलाई न्याय दिने विषयमा ठोस कार्यक्रम ल्याउन नसकेको उल्लेख गरिएको छ । सहकारी पीडितलाई राहत दिने आश्वासन मात्र दोहोरिएको तर व्यावहारिक समाधान प्रस्तुत नभएको जनमोर्चाको भनाइ छ ।

    त्यसैगरी, सरकारले कृषि तथा उद्योग विकासमा प्रभावकारी नीति अघि सार्न नसकेको, उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा स्पष्ट योजना नदेखिएको आरोप पनि लगाइएको छ ।

    राष्ट्रिय जनमोर्चाले संघीयता र प्रदेश संरचनाको सुदृढीकरणतर्फ सरकार गम्भीर नभएको दाबी गर्दै स्थानीय तहको क्षमता अभिवृद्धि र बजेट वृद्धिबारे पनि पर्याप्त ध्यान नदिएको जनाएको छ ।

    वक्तव्यमा कालापानी क्षेत्रमा रहेको भारतीय सेना फिर्ता गर्ने विषयमा सरकार मौन बसेको आरोप लगाइएको छ । जनमोर्चाले सीमा समस्यालाई केवल कूटनीतिक संवादमा सीमित नराखी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने वक्तव्यमा जोड दिइएको छ ।

    यस्तै, लिपुलेक मार्ग प्रयोगसम्बन्धी चीन र भारतबीच भएको सहमतिप्रति सरकारको नीति तथा कार्यक्रममा कुनै स्पष्टधारणा नआएको भन्दै जनमोर्चाले असन्तुष्टि जनाएको छ ।

    राष्ट्रिय जनमोर्चाले सरकारको नीति तथा कार्यक्रम जनतन्त्र, जनजीविका र राष्ट्रियताको पक्षमा नभएको निष्कर्ष निकाल्दै त्यसको विरोध गर्ने निर्णय गरेको जनाएको छ ।

    प्रस्तुत छ, वक्तव्यमो पुर्ण पाठ :

    “नेपाल सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रमप्रति राष्ट्रिय जनमोर्चाको दृष्टिकोण स्पष्ट गर्न यो वक्तव्य सार्वजनिक गरिएको छ ।

    १. नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम नेपालको संविधान २०७२ का विरुद्ध छ । नेपालको संविधानले ट्रेड युनियनको अधिकार दिएको छ । तर वार्षिक नीति र कार्यक्रमले त्यसमाथि कडाईपूर्वक रोक लगाउने र त्यसमा सङ्लग्न हुने व्यक्तिलाई कारबाहीसमेत गर्ने घोषणा गरेको छ । नेपालको संविधानले तीन खम्बे अर्थनीति अर्थात् निजी सार्वजनिक र सहकारीमाथि जोड दिएको छ । तर नीति र कार्यक्रमले सहकारीलाई त्यसबाट हटाउन खोजेको छ । संविधानले समाजवाद उन्मुख अर्थतन्त्रमाथि जोड दिएको छ । नीति र कार्यक्रमले दलाल पुँजीको संरक्षण, अहिलेको भू–स्वामित्वको प्रकृतिलाई कायम राख्न खोजेको छ ।

    २. सरकारको नीति र कार्यक्रमले भाद्र २३ र २४ गतेको घटनालाई राजनीतिक आन्दोलनको रूपमा सरकारी दस्तावेजमा दस्तावेजीकरण गरेको छ । भाद्र २३ गते जेनजीहरूले सामाजिक सञ्जालमाथि लगाएको रोक तथा भ्रष्टाचारका विरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रेका थिए । निश्चितरूपले त्यसको प्रकृति न्यायपूर्ण थियो । तर जेनजीहरूको आन्दोलनलाई साम्राज्यवादी शक्तिहरूले अपहरण गरे । त्यसमा घुसपैठ गरेर भाद्र २४ गते देशभरी ध्वंश, आगलागी, हत्या, तोडफोड, चोरी र लुटपाटका घटना घटाइए । त्यसैले भाद्र २४ गतेका अपराधिक घटनालाई भाद्र २३ सँग जोडेर जेनजीहरूको शान्तिपूर्ण आन्दोेलनलाई नीति र कार्यक्रमले बदनाम गर्न खोज्नुका साथै भाद्र २४ गतेको घटनामा सङ्लग्न अपराधीहरूलाई सजायबाट उन्मुक्ति दिने घोषणा गरेको छ ।

    ३. सहकारी पीडितहरूलाई न्याय दिने भनेर योभन्दा अगाडिका ४ वटा नीति र कार्यक्रमले आश्वासन बाँड्दै आएको छ । अहिलेको नीति र कार्यक्रमले पनि सहकारी पीडितलाई आश्वासन बाँडेको छ । तर सहकारी पीडितलाई न्याय दिनेबारे नीति र कार्यक्रममा कुनै ठोस कार्यक्रम ल्याइएको छ । सहकारी पीडितलाई सरकार र सहकारीका सञ्चालकबाट पूर्ति गर्ने गरी छुट्याइएको रकम अत्यन्तै थोरै छ । त्यसबाट कुनै समस्या समाधान हुने देखिन्न ।

    ४. सरकारको नीति र कार्यक्रम दिशाविहीन प्रकारको छ । सरकारले कथित सुशासनमा जोडदिएको दावी गरेको छ । तर अहिलेको भ्रष्टाचारविरुद्धको कानुन र संरचनालाई यथावत् राखेर सुशासन कायम गर्न सकिँदैन । त्यसैले सुशासनलाई प्राथमिकता दिएको पनि देखिन्न । अर्कोतर्फ कृषि र उद्योगको विकासमा कुनै ठोस नीति र कार्यक्रम अगाडि सारेको छैन । जसको परिणाम उत्पादनमा बृद्धि हुने, राष्ट्रिय आयमा बृद्धि हुने र रोजगारी सृजना हुने पनि देखिन्न । सरकारले उत्पादनमा जोड दिने नीति र कार्यक्रमलाई अगाडि सार्न सकेको छैन ।

    ५. योभन्दा अगाडिका सरकारले संघीयता र प्रदेशको सुदृढीकरणमा निक्कै जोड दिएर नीति र कार्यक्रम प्रस्तुत गर्दथे । तर यो सरकारले संघीयता र त्यसको मुख्य पक्ष प्रदेशको सुदृढीकरणमा खासै जोड दिएको देखिन्न । यो सकारात्मक कुरा हो । संघीयताको मुख्य पक्ष प्रदेश खारेज गरिएमा त्यसबाट ठुलो पैमानामा भइरहेको प्रशासनिक खर्चको बोझबाट मुलुकलाई बचाउन सकिन्थ्यो । अर्कोतर्फ सरकारको नीति र कार्यक्रमले स्थानीय तहको क्षमता बृद्धि तथा बजेट बढाउनेबारे पनि केही बोलेको छैन । त्यसबाट सरकार केन्द्रमा अधिकार केन्द्रीकरण गर्ने उद्देश्यबाट अगाडि बढेको देखिन्छ ।

    ६. सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय पुँजीको संरक्षण र विकासमा कुनै ठोस नीति अगाडि सारेको छैन ।

    ७. प्रवासी नेपालीहरूलाई मतदानको व्यवस्थागर्ने गरी यसै बजेट अधिवेशनमा ऐन पारित गर्नेबारे कुनै ठोस नीति र कार्यक्रम छैन ।

    ८. रूपन्देही पश्चिम नवलपुर, कपिलवस्तुलाई जोडेर बौद्ध पुरातात्विक शहर निर्माण गरेर बौद्ध सभ्यता, संस्कृतिको संरक्षण गर्नेबारे सरकारको नीति र कार्यक्रममा कुनै कुरा उल्लेख छैन ।

    ९. कालापानीमा भएको भारतीय सैन्य उपस्थितिलाई फिर्ता गर्नेबारे सरकारको नीति र कार्यक्रम मौन छ । नीति र कार्यक्रममा सीमा समस्यालाई कुटनीतिक संवादबाट समाधान गर्ने कुरा बताइएको छ । कालापानीमा भारतीय सैन्य उपस्थिति सीमा समस्या होइन । भारतद्वारा नेपालको भूमि सैन्य बलमा कब्जा गरिएको हो । त्यसैले कालापानीबाट भारतीय सैन्य उपस्थितिलाई हटाउन यो विषयलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्ने कुरामा सरकारको नीति र कार्यक्रममा उल्लेख छैन ।

    १०. चीन र भारत, मिलेर हाम्रो भू–अखण्डताभित्र पर्ने लिपुलेकलाई व्यापारिक नाकाको तथा तिर्थयात्रुहरूको आवतजावत गर्ने मार्गको रूपमा प्रयोग गरिरहेका छन् । दुई देश बीच लिपुलेकका बारेमा भएको सहमतिकाविरुद्ध सरकारको नीति र कार्यक्रम केही बोल्दैन ।

    ११. उपरोक्त तथ्यमाथि ध्यान दिँदा सरकारको नीति र कार्यक्रमले जनतन्त्र, जनजिवीका र राष्ट्रियताका पक्षमा नभएकोले त्यसलाई राष्ट्रिय जनमोर्चाले विरोध गर्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।”

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.