काठमाडौँ । प्रगतिशील लेखक संघ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको २०८३ वैशाख ३१ गते भर्चुअल बैठक सम्पन्न भएको छ ।
Advertisement
बैठकले विचार चौतारी–८६ ज्येष्ठ १४ र १५ गते दोलखामा गर्ने निर्णय गरेको संयोजक समिर सिंहले जानकारी दिनुभएको छ ।
सिंहको अनुसार विभागको दुई दिने कार्यक्रम अन्तरगत ज्येष्ठ १४ गते डुम्रेमा विचार चौतारी–८६का साथै सैलुङसम्मको पदयात्रा तथा ज्येष्ठ १५ गते लिशंखुपाखर कविता महोत्सवमा समेत सहभागी हुनेछ ।