काठमाडौं । प्रगतिशील लेखक संघ, नेपाल ले देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि सरकारले गरेको दमनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
Advertisement
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउने कार्य गरिएको भन्दै विरोध जनाएको हो।
संघले सरकारको कार्यशैलीलाई नाजायज र गैरजिम्मेवार भएको टिप्पणी गर्दै वास्तविक सुकुम्बासीहरूको समस्या समाधान गर्न आग्रह गरेको छ । साथै, आगामी जेठ ३ गते शनिबार दिउँसो ३ बजे काठमाडौंको शान्तिवाटिकासहित देशभर एकैपटक सडक कविता वाचनमार्फत विरोध कार्यक्रम आयोजना गरिने जनाएको छ।
