• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

रणनीतिक अविश्वासमाझ ट्रम्प–सी वार्ता सुरु


  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
  • बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबिच सुरु भएको छ ।

    Advertisement

    ट्रम्पले सीसँगको सम्बन्धलाई ‘सम्मानको विषय’ भनेर प्रस्तुत गर्न खोजिरहँदा सीले भने विश्वका दुई शक्तिशाली राष्ट्रबिच सम्भावित टकरावको जोखिमबारे चेतावनी दिनुभएको छ ।

    ‘तपाईं एक महान् नेता हुनुहुन्छ । कहिलेकाहीँ मानिसले मैले यस्तो भनेको मन पराउँदैनन् तर म सत्य कुरा नै भन्छु’ ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि ट्रम्पले सीको खुलेर प्रशंसा गर्दै भन्नुभयो– ‘तपाईंसँग हुनु सम्मानको कुरा हो । तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो ।’

    ट्रम्पले अमेरिका र चीनबिचको सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो तर सीको सन्देश भने बढी सतर्क र रणनीतिक थियो ।

    उहाँले विश्व समुदायले अमेरिका र चीन ‘थुसिडाइड्स ट्र्याप’ बाट जोगिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको बताउनुभयो ।

    विदेशनीति अध्ययनमा प्रयोग हुने उक्त अवधारणाले उदाउँदो शक्ति र स्थापित शक्तिबिच प्रतिस्पर्धा अन्तत: युद्धमा परिणत हुन सक्ने खतरा औँल्याउँछ ।

    सीले भन्नुभयो– ‘सहकार्यले दुवै पक्षलाई फाइदा पुर्‍याउँछ, जबकि द्वन्द्वले दुवैलाई हानि पुर्‍याउँछ । दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । साझा समृद्धिका लागि सहकार्य गर्दै नयाँ युगअनुसार प्रमुख राष्ट्रबिच सम्बन्धको सही बाटो तय गर्नुपर्छ ।’

    सीले यसअघि पनि सन् २०१४ देखि विभिन्न अवसरमा यही अवधारणा उठाउँदै आउनुभएको थियो । उहाँले ट्रम्पपूर्वका राष्ट्रपति जो बाइडेनसँगका भेटवार्तामा समेत यो विषय दोहोर्‍याउनु भएको थियो तर ट्रम्पले भ्रमणलाई सकारात्मक र मैत्रीपूर्ण बनाउने प्रयास गरिरहँदा सीले फेरि यही चेतावनी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    बेइजिङस्थित तियानानमेन स्क्वायरमा रहेको ग्रेट हल अफ द पिपुलमा ट्रम्पको स्वागत अत्यन्त भव्य रूपमा गरिएको थियो । क्यानन सलामी, सैनिक परेड, अमेरिकी र चिनियाँ राष्ट्रिय गान तथा विशाल रातो गलैँचाबिच दुवै नेताले एकअर्कासँग हात मिलाउनुभएको थियो । स्कुलका बालबालिकाले दुवै देशका झन्डा फहराउँदै स्वागत गरेका थिए ।

    ट्रम्पले भ्रमणका क्रममा ‘टेम्पल अफ हेभन’ को अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । पन्ध्रौँ शताब्दीको उक्त धार्मिक परिसरलाई चीनमा स्वर्ग र पृथ्वीबिचको सम्बन्धको प्रतीक मानिन्छ । दुवै नेता बिहीबार राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम छ ।

    भ्रमणको मुख्य केन्द्र व्यापार, इरान र विश्व अर्थतन्त्रसँग जोडिएका जटिल विषय बनेका छन् । ह्वाइट हाउसले ट्रम्प कुनै ठोस उपलब्धिविना चीन नजाने स्पष्ट पारेको छ । अमेरिकी प्रशासन चीनबाट अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदबारे प्रतिबद्धता खोजिरहेको छ साथै व्यापार विवाद समाधानका लागि संयुक्त व्यापार बोर्ड गठन गर्ने प्रस्तावमा पनि छलफल भइरहेको जनाइएको छ ।

    इरानसँग चीनको निकट आर्थिक सम्बन्धले परिस्थितिलाई थप संवेदनशील बनाएको छ । इरान र इजरायलबिचको युद्ध तथा अमेरिकाको प्रत्यक्ष संलग्नताले विश्व बजारमा ऊर्जा सङ्कट निम्त्याएको छ । हर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्द हुँदा तेल र प्राकृतिक ग्यास ढुवानीमा अवरोध पुगेको छ, जसले विश्वव्यापी आर्थिक वृद्धिमा दबाब बढाएको छ ।

    यही पृष्ठभूमिमा ट्रम्प र सीबिच इरानमाथि चीनले कस्तो भूमिका खेल्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई इरानमाथि प्रभाव प्रयोग गर्न आग्रह गरिने बताउनुभयो ।

    उहाँले फक्स न्युजसँगको अन्तर्वार्तामा भन्नुभयो– ‘यो सङ्कटका कारण विश्व अर्थतन्त्र कमजोर भइरहेको छ । उपभोक्ताले कम चिनियाँ वस्तु खरिद गरिरहेका छन् । त्यसैले यो समस्या समाधान हुनु चीनकै हितमा पनि छ ।’

    रुबियोले चीनलाई पर्सियन खाडीमा इरानको गतिविधि नियन्त्रण गर्न सक्रिय भूमिका खेल्न आग्रह गरिने बताउनुभयो । उहाँले चीनले इरानलाई तनावबाट पछि हट्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो तर ट्रम्पले भने अमेरिकी अर्थतन्त्रमा परेको दबाबले इरानप्रतिको आफ्नो अडान परिवर्तन नहुने स्पष्ट पार्नुभयो । ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा उहाँले भन्नुभयो– ‘म अमेरिकी आर्थिक अवस्थाबारे सोचिरहेको छैन । म एउटा मात्र कुरामा केन्द्रित छु, इरानलाई आणविक हतियार बनाउन दिन सकिँदैन ।’ उहाँले हरेक अमेरिकीले यो अवस्था बुझ्ने दाबी पनि गर्नुभयो ।

    ट्रम्पको यही भनाइपछि उपराष्ट्रपति जेडी भान्सले भने राष्ट्रपतिका भनाइलाई फरक ढङ्गले व्याख्या गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले ट्रम्पले अर्थतन्त्रलाई महत्त्व नदिएको अर्थ नलाग्ने दाबी गर्नुभयो ।

    भ्रमण टोलीमा प्रविधि, रक्षा, कृषि र वित्त क्षेत्रका उच्च अधिकारी तथा व्यवसायीको ठुलो समूह सहभागी छ । यसले भ्रमण केवल राजनीतिक मात्र नभई आर्थिक र रणनीतिक महत्त्वको रहेको सङ्केत दिएको छ ।

    अमेरिका र चीन गत वर्ष व्यापार युद्धविराममा पुगेका थिए, जसले एकअर्कामाथि थप शुल्क लगाउने चेतावनीलाई केही समयका लागि रोकिएको थियो । ह्वाइट हाउसका अनुसार उक्त सहमति विस्तार गर्ने विषयमा अझै छलफल भइरहेको छ तर ट्रम्पको यो भ्रमणका क्रममा त्यसबारे कुनै ठोस घोषणा हुने वा नहुने अझै स्पष्ट भइसकेको छैन । (रासस/एपी)

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.