• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

तीन सार्वजनिक विषयमा केन्द्रित हुँदै राजमो शिवराजले बुझायो ध्यानाकर्षणपत्र


  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
  • तौलिहवा । राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिले नगरपालिकालाई तीन महत्त्वपूर्ण सार्वजनिक सरोकारका विषयमा तत्काल पहल गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ ।

    Advertisement

    आधारभूत अस्पतालमा ३८ लाख ५६ हजार रुपैयाँको अनियमितता, सुकुम्बासी व्यवस्थापनमा देखिएको अन्यौल र जवाई सिँचाइ आयोजनाको ढिलाइले स्थानीय जनजीवनमा पारेको असरबारे पार्टीले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

    २०८३ वैशाख २८ गते राजमो शिवराजका अध्यक्ष केहरसिंह पुनको नेतृत्वमा पालिका पुगेको सो प्रतिनिधिमण्डलमा राजमो कपिलवस्तुका सचिव केरसिंह अदै, राजमो नेताहरू हिमबहादुर विक, कर्मराज चौधरी, शिवप्रसाद चौधरी, रामबहादुर विक, रामप्रसाद कामी, मोहन विक, ज्ञानबहादुर थापा र होमबहादुर कुँवरसमेतको सहभागिता रहेको थियो ।

    नगरप्रमुखलाई सम्बोधन गरिएको सो पत्रमा राजमोले सार्वजनिक संस्थामाथि उठेका प्रश्नको समयमै जबाफ नआउँदा नागरिकमा निराशा र अविश्वास बढेको बताएको छ । त्यस्तै, स्वास्थ्य, भूमि व्यवस्थापन र कृषिजस्ता संवेदनशील विषयमा देखिएको ढिलासुस्तीले नगरपालिकाको कार्यक्षमतामाथि प्रश्न उठेको ठहर गरेको छ ।

    अस्पतालको रकम हिनामिनाबारे

    पत्रमा शिवराज आधारभूत अस्पतालमा करिब एक महिनाअघि ३८ लाख ५६ हजार रुपैयाँ हिनामिना भएको विषय अझै फर्छ्यौट नभएको उल्लेख छ । सार्वजनिक स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा आर्थिक अनियमितताको आरोप लाग्दा पनि सत्य तथ्य बाहिर नआएको भन्दै राजमोले तत्कालै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

    पत्रमा चेकमा मिलेमतो, कीर्ते र आर्थिक दुरुपयोगको आशङ्का व्यक्त गर्दै दोषी प्रमाणित हुने जोसुकैलाई पदमुक्त गरी कानुनी कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ साथै रकम असुलउपर गर्न अस्पताल व्यवस्थापन समितिलाई पूर्ण सक्रिय बनाउनुपर्ने सुझाव पनि दिइएको छ ।

    सुकुम्बासी व्यवस्थापनमा स्पष्ट नीति आवश्यक

    राजमोले सुकुम्बासी समस्या दीर्घकालीन र जटिल भएकाले केवल सूचना जारी गरेर वा तत्काल हटाउने शैलीमा समस्या समाधान नहुने बताएको छ । वर्षौंदेखि बसोबास गरिरहेका नागरिकको समस्या संवेदनशील ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिँदै पार्टीले स्पष्ट नीति, व्यापक छलफल र वैकल्पिक व्यवस्थाको माग गरेको छ ।

    पत्रमा नगरपालिकाले विद्यालय, मन्दिर, वडा कार्यालय, प्रहरीचौकी र हाटबजार क्षेत्रका सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने आवश्यकता औल्याइएको छ तर यस क्रममा गरिब तथा भूमिहीन नागरिकमाथि अन्याय नहुने गरी नीति बनाउनुपर्नेमा जोड दिइएको छ ।

    जवाई सिँचाइ आयोजनाको ढिलाइ

    पत्रको तेस्रो बुँदामा शिवराज नगरपालिका वडा नं. ३ र ४ क्षेत्रमा सञ्चालित जवाई सिँचाइ आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको उल्लेख छ । खैरिपुरदेखि न्यौपारी, सेमरी र भडेखोर क्षेत्रका किसान यस वर्ष समयमै सिँचाइ सुविधा नपाउने चिन्तामा रहेको राजमोले जनाएको छ ।

    ठेकेदारले बाँध तथा गेटसमेत भत्काएर काम अधुरो छाडेकाले वर्षा यामअघि नै आवश्यक मर्मत र निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ अन्यथा किसानहरू धानरोपाइँको समयमा ठुलो समस्यामा पर्ने चेतावनी दिइएको छ ।

    जवाफदेहितामाथि प्रश्न

    स्थानीय तहले पारदर्शिता, संवेदनशीलता र उत्तरदायित्वका साथ काम गर्नुपर्ने सन्देश दिँदै राजमोले नगरपालिकालाई यथाशीघ्र ठोस निर्णय र कार्यान्वयनमा उत्रिन आग्रह गरेको छ । स्थानीय नागरिकले पनि अस्पताल, भूमिहीन समस्या र सिँचाइजस्ता विषयमा समयमै समाधानको अपेक्षा गरेका छन् ।

    ध्यानाकर्षणपत्र चन्द्रौटाका इलाका प्रशासन कार्यालय र वडा प्रहरी कार्यालयलाई बोधार्थ दिइएको छ ।

    ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख प्रकाशकीय अधिकृत पिताम्बर पाण्डेले यसबाट आफूहरूलाई थप सजग बनाएको र समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    इलाका प्रशासन कार्यालयका प्रमुख पुष्कर राणाले ध्यानाकर्षणपत्रले ठोस कुरा उठाएकाले मागप्रति गम्भीर हुने स्वीकार्नुभयो ।

    सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.