• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

लिम्पियाधुरा क्षेत्रमा त्रिदेशीय सीमाविन्दु


  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
  • भारत र चीनका माझमा व्यापारिक आदानप्रदानका लागि पश्चिम नेपालको लिम्पियाधुरा–लिपुलेक क्षेत्र प्रयोग हुन थालेको छ । भारतले चीनमा पर्ने धार्मिक स्थल मानसरोवरसम्म यात्राका लागि लिपुलेक रुट निश्चित गरेसँगै सो क्षेत्रमा यी दुई देशले नेपाली सार्वभौमसत्तामाथि हमला गरेको प्रष्ट भएको छ । लिम्पियाधुरा–लिपुलेक क्षेत्र सन् १९६२ को भारत–चीन युद्धलगत्तै भारतको कब्जामा छ । त्यतिखेर नेपालमा निरङ्कुश पञ्चायती शासन थियो । तत्कालीन सरकारले भारतले कायम गरेका थुप्रै सुरक्षाचौकी हटाए पनि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति सुनियोजित मौनता अपनाएको थियो । पहिला महेन्द्र र पछि वीरेन्द्रले आफ्‌नो शासनको निरन्तरताको बदलामा कालापानी साटेका थिए । पछिल्लो समयमा बहुदलीय व्यवस्थाअन्तर्गतका शासक वर्गले पनि त्यसप्रति बेवास्ता अपनाउँदै आए । फलस्वरूप नेपाली भूमिमाथिको भारतीय कब्जालाई चीनले समेत मान्यता दिएको अवस्था अहिले छ ।

    Advertisement

    चीनले प्रत्यक्ष रूपमा नेपालको भूमि कब्जा गर्ने नीति अपनाउने गरेको छैन यद्यपि केही स्थानमा नेपाल र चीनको माझमा समेत सीमासम्बन्धी असझदारी छन् तर समग्रमा चीनले सधैँ नेपालको भौगोलिक अखण्डतालाई सम्मान गर्दै आएको तथ्य जनजाहेर छ । इतिहासको तथ्यअनुसार सन् १९६२ को भारत–चीन युद्धलगत्तै लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा त्रिदेशीय सिमाना कायम गर्न चीन तयार भएको थियो तर त्यसपछिका शासकले यस विषयलाई गम्भीरतापूर्वक लिएनन् । तत्कालीन राजतन्त्रले त आफ्‌नो शासनको दीर्घायुका लागि लिम्पियाधुरा–लिपुलेक क्षेत्र साट्यो नै, आफूलाई लोकतान्त्रिक बताउने राजनीतिक दलहरूले समेत लिम्पियाधुरा–लिपुलेक क्षेत्र—जसभित्र कालापानी पनि पर्दछ—लाई राजनीतिक स्टन्टको विषय बनाए । त्यसले गर्दा राष्ट्रिय सहमतिमा चुच्चे नक्सा जारी गरिसकेपछि पनि त्यसलाई सामेल गरेर प्रकाशित गरिसकेको पाठ्यपुस्तक वितरण गर्नमा रोक लगाइयो । अहिलेको नयाँ सरकारले यस घटनाप्रति प्रारम्भिक विरोध जनाएको छ । यस सम्बन्धमा भारत र चीनलाई जानकारी गराएको पनि बताइएको छ तर वास्तविकता के हो ? त्यो खुल्न भने समय लाग्नेछ ।

    लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग हालको भक्तपुर जिल्लाभन्दा ठुलो क्षेत्रफलमा छ । त्यहाँको मुख्य विवाद कालीनदी अर्थात् महाकाली नदीको उद्गमसँग प्रायोजित छ । भारतले कालीनदीको मुहानको सन्दर्भमा विवाद प्रायोजित गरेको हो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको प्रसिद्ध उक्ति छ : ‘जहाँ विवाद हुन्छ, त्यहाँ तेरोमेरो भन्ने हुँदैन, सबै मेरो हुन्छ ।’ भारतले यस खालको व्यवहार नेपालसित मात्रै होइन, अन्य देशसित पनि गरेको छ । त्यसैले छिमेकी देशहरूसित भारतको सम्बन्ध राम्रो छैन । कालापानीको सन्दर्भमा पनि भारतले यही रवैया अपनाएको छ । अर्कोतर्फ नेपालका शासकहरूले यस्तो त्रिपक्षीय मामिलामा चीनसामु यथार्थ तथ्य प्रस्तुत गर्न सकिरहेका छैनन् । फलस्वरूप चीनले समेत नेपाल–भारत–चीन त्रिदेशीय सीमाविन्दुको बारेमा प्रष्ट धारणा बनाउन सकेको छैन । यस्ता विषयलाई कूटनीतिक कुशलताका साथ चीनलाई समेत तथ्यको आधारमा कन्भिन्स गर्नु र भारतले दादागिरी गरिरहेको अवस्थामा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने हुन्छ । यस सवालमा गत कालका शासकहरूमा पर्याप्त स्पष्टता रहेको पाइन्न । यो सरकारले के गर्नेछ ?

    अहिले देशको प्रतिनिधिसभामा करिब दुईतिहाइ बहुमतको रास्वपा सरकार छ । यो सरकारले राष्ट्रिय सहमति कायम गरेर नेपालको पश्चिम सीमासहित भारतले गरेका अतिक्रमणको विषयमा सार्थक पहल गर्नुपर्ने आवश्यकता छ । अहिले भारत र चीनले कालापानी क्षेत्रलाई प्रयोग गर्न थालिरहेका बेला नेपाल प्रखर बन्नुपर्दछ । दुवै देशसित तीव्र कूटनीतिक पहल गरेर लिम्पियाधुरा क्षेत्रमा त्रिदेशीय सीमाबिन्दु कायम गर्न पहलकदमी थालनी गर्नुपर्दछ । त्यसका लागि नेपालकै पहलमा भारत र चीनलाई एउटै मञ्चमा उभ्याउनुपर्दछ । यदि भारतले यस विषयमा आनाकानी गर्दछ भने विषयलाई संयुक्त राष्ट्र सङ्घलगायतका निकायबाट अन्तर्राष्ट्रियकरण गर्न हिच्किचाउनु हुँदैन ।

    युगदर्शन साप्ताहिक वर्ष १७, अंक ३३ मा प्रकाशित

    बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.