• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रक्तिमले फेरि सांस्कृतिक जागरण ल्याउनु आवश्यक छ


  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
  • दीप गोले तामाङ ##

    Advertisement

    समाज वर्गीय छ । बुर्जुवा र प्रगतिशील दुई भागमा विभाजित छ । समाज केवल सडक, भवन र प्रविधिले मात्र अगाडि बढ्दैन । समाजलाई सही दिशामा डोर्‍याउने सबैभन्दा शक्ति भनेको संस्कृति, चेतना र विचार हो । जबसम्म समाजमा अन्याय, शोषण, विभेद, भ्रष्टाचार, नैतिक पतन र मौनता बढ्न थाल्छ । त्यति बेला सांस्कृतिक जनजागरणको आवश्यकता अझ तीव्र बन्छ । आजको समय ठिक त्यहीँ मोडमा उभिएको छ, जहाँ फेरि एकपटक रक्तिम सांस्कृतिक अभियानको आवाज मेची–महाकालीसम्म गुञ्जिनु आवश्यक भएको छ ।

    नेपालमा यतिखेर पश्चिमा संस्कृतिको प्रभावले युवापुस्तामा आफ्नो संस्कृतिप्रति वितृष्णा जागिरहेको अवस्था छ । रक्तिम सांस्कृतिक अभियान एउटा यस्तो सङ्गठन हो, विगत स्थापनाकालदेखि यो सङ्घर्षको प्रतीक चेतनाको मसाल र परिवर्तनको आवाज बनेको छ ।

    इतिहासले देखाएको छ, जब जनताका आवाज दबाइएका हुन्छन्, जब श्रमिक, किसान, विद्यार्थी युवा र उत्पीडित वर्गको सपना कुल्चिन्छन्, तब सांस्कृतिक आन्दोलनले जनमानसमा नयाँ ऊर्जा भरिदिन्छ । गीत, कविता, नाटक, लेख, कला र साहित्यले समाजलाई जगाउने काम गर्छन् । त्यसैले रक्तिमले अब फेरि जनताका बिचमा पुगेर चेतनाको नयाँ लहर ल्याउनु आजको आवश्यकता हो ।

    आज समाजमा विकृति र विसङ्गति दिनानुदिन बढिरहेको छ । युवा पुस्तामा आफ्नो मौलिक संस्कृति, इतिहास र सङ्घर्षको चेतनाबाट टाढिँदै गएको अवस्था छ । स्वार्थ, भोगवाद र निराशाले समाजलाई कमजोर बनाइरहेको छ । यस्तो अवस्थामा क्रान्तिकारी सांस्कृतिक जागरणले जनतालाई फेरि आफ्नो अधिकार कर्तव्य र सामूहिक शक्तिको बोध गराउन सक्छ । रक्तिमले आफ्नो आवाजलाई फेरि गाउँगाउँ, बस्तीबस्ती, विद्यालय, कलेज र जनसमुदायमा पुग्नुपर्छ ।

    सांस्कृतिक जागरण केवल मनोरञ्जनका लागि होइन, यो चेतनाको आन्दोलन हो । वैचारिक रूपमा सशक्त बनाउने हो । एउटा नेताले एक घण्टा भाषण गरेरभन्दा एउटा क्रान्तिकारी गीतले पाँच मिनेट नृत्य देखाएर हजारौँ मानिसलाई सोच्न बाध्य बनाउन सक्छ । एउटा सशक्त कविताले निदाएको चेतनालाई जगाउन सक्छ । एउटा नाटकले समाजमा रहेका विकृत अनुहारलाई जनतासामु उजागर गर्न सक्छ । अब रक्तिम सांस्कृतिक अभियानले यिनै माध्यमबाट समाजमा परिवर्तनको ज्वाला दन्काउपर्छ ।

    आज यहाँ खाँचो छ–
    अन्यायका विरुद्धमा लेख्ने कलमको
    शोषणको विरुद्ध बोल्ने आवाजको
    र मौनतालाई चिर्ने सांस्कृतिक अभियानको

    रक्तिमको अभियानले युवालाई केवल नारामा सीमित नराखी विचारमा बलियो नैतिकतामा दृढता र परिवर्तनप्रति प्रतिबद्धता बनाउनुपर्छ । समाजमा विद्यामान भ्रष्टाचार, वर्गीय विभेद, लैङ्गिक असमानता, अन्धविश्वास र सामाजिक अन्याय विरुद्ध सशक्त चेतना फैलाउनुपर्छ ।
    क्रान्ति केवल हतियारले मात्र हुँदैन, पहिलो विचारको क्रान्ति अझ शक्तिशाली हुन्छ । जब मन र मस्तिष्कमा परिवर्तन आउँछ, तब समाज स्वत: बदलिन्छ । त्यसैले रक्तिम सांस्कृतिक अभियानले जनताको मनमा आस, साहस र विद्रोही चेतना जगाउनुपर्छ । यो जागरणले निराशालाई आशामा, डरलाई साहसमा र मौनतालाई प्रतिशोधमा बदल्ने शक्ति राख्छ ।

    अन्तत: रक्तिम सांस्कृतिक अभियानले जागरण ल्याउनु केवल आवश्यक मात्र होइन, आज देखिएको राजनीतिक र सांस्कृतिक वितृष्णालाई चिर्न र समाज परिवर्तनको गर्न मुख्य भूमिका अपरिहार्य शर्त हो । जबसम्म अन्याय, शोषण, भ्रष्टाचार आदि जीवित रहन्छ, तबसम्म जागरणको मसाललाई निभ्न दिनुहुँदैन ।

    २०८३ जेठ १६ गते शनिबार राष्ट्रिय नाचघरमा रक्तिम फेरि उठ्नुपर्छ । जनताको आवाज फेरि गुञ्जिनुपर्छ र समाजमा चेतनाको नयाँ बिहानी ल्याउनुपर्छ ।

    मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.