• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने अष्ट्रेलियाको घोषणा


  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
  • क्यानबेरा, २१ चैत । अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै परिवर्तन नगर्ने र यस विषयमा अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेको छ ।

    Advertisement

    स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार टेलिभिजन अन्तर्वार्तामा बोल्दै औषधिको लागत घटाउन लागू गरिएको औषधि लाभ योजनाका आधारभूत नीतिहरूमा कुनै सम्झौता नगर्ने बताउनुभएको छ । उक्त योजनाअन्तर्गत सरकारले चिकित्सकको सिफारिसमा दिइने औषधिहरूमा सहुलियत प्रदान गर्दै आएको छ ।

    उहाँले भन्नुभयो, “हामीले अमेरिकालाई बारम्बार स्पष्ट सन्देश दिइरहेका छौँ कि यी आधारभूत नीतिहरूमा कुनै पनि प्रकारको वार्ता हुने छैन ।”

    यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पेटेन्ट भएका औषधिहरूको आयातमा १०० प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि आएको हो ।

    अमेरिकी प्रशासनले मार्च अन्त्यतिर सार्वजनिक गरेको व्यापार सम्बन्धी गुनासो सूचीमा अष्ट्रेलियाको उक्त योजनाले अमेरिकी औषधि नवप्रवर्तनको मूल्य कम आँक्ने र औषधिको मूल्य निर्धारणमा अन्यायपूर्ण अभ्यास अपनाउने आरोप लगाएको थियो ।

    उक्त योजनाअन्तर्गत औषधि उत्पादकहरूले व्यक्तिगत खरिदकर्तासँग होइन, सिधै अष्ट्रेलियाली सरकारसँग मूल्य वार्ता गर्नुपर्छ, जसले बजारमा प्रतिस्पर्धात्मक मूल्य युद्ध हुन नदिने उद्देश्य राखेको छ ।

    संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२५ मा अष्ट्रेलियाबाट अमेरिकातर्फ औषधि निर्यात करिब एक अर्ब तीन करोड अमेरिकी डलर बराबरको थियो ।

    अष्ट्रेलियाको सबैभन्दा ठूलो जैवप्रविधि कम्पनीका उत्पादनहरूमा भने नयाँ शुल्क नलाग्नेमा सरकार विश्वस्त रहेको मन्त्री बटलरले बताउनुभयो, किनकि कम्पनीको अमेरिकामा पनि ठूलो उत्पादन आधार रहेको छ ।

    यसैबीच, व्यापार मन्त्रीका प्रवक्ताले अमेरिकी शुल्कप्रति असन्तुष्टि जनाउँदै यस्तो ‘अनुचित र अवाञ्छित’ निर्णय फिर्ता लिन कूटनीतिक पहल जारी राखिने बताउनुभएको छ ।

    शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.