• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कञ्चनपुरको मरघटिया र वैशाखा शिविरमा हात्तीले गर्‍यो जनधनको क्षति


  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
  • भीमदत्तनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् ।

    Advertisement

    शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले क्षति पुर्‍याउँदै आएको छ ।

    मरघटिया शिविरकी देवकी राना र उहाँका श्रीमान् दानसिंह रानाले रातिको समयमा हात्ती घरमै पसेपछि भागेर ज्यान जोगाए । दुई दिनअघि राति खाना खाएर सुतिरहेका बेला कच्ची घरको भित्तामा ठुलो आवाज आएपछि झस्किएका उनीहरूले बाहिर निस्केर ज्यान जोगाएका थिए ।
    ‘घाँसको बार भत्काएर हात्तीले सुड घरभित्र छिरायो’ देवकीले भनिन्– ‘नभागेको भए के हुन्थ्यो भन्न सकिँदैन ।’

    उनका अनुसार घरमा भर्खरै भित्राएको दुई बोरा चामल, दश किलो मसुरको दाल र पाँच किलो हल्दी हात्तीले खाएर नष्ट पारेको छ ।

    स्थानीयका अनुसार छावासहितको हात्तीको ठुलो बथान बस्तीमा पसेको थियो । केही हात्ती बस्ती हुँदै निकुञ्ज फर्किए पनि दुईओटा हात्तीले घर भत्काएर अन्नपात सखाप पारेका थिए ।

    वैशाखा शिविरमा पनि हात्तीले खेतबालीमा क्षति पुर्‍याएको छ । किसान विखलु चौधरीका अनुसार चार दिनदेखि निरन्तर साँझ पर्नासाथ हात्ती खेतमा पस्ने गरेका छन् ।

    ‘गहुँमा बाला लाग्न थालेको छ’ उहाँले भन्नुभयो– ‘तर हात्तीले पाक्न नदिई खाइरहेका छन् ।’

    उनका अनुसार आफ्नो दश कठ्ठा जमिनको गहुँबाली नष्ट भएको छ भने आठ जना किसानको झन्डै दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ चार दिनमै सखाप भएको छ । हात्ती साँझ नपर्दै खेतमा पसी बिहानपख मात्रै निकुञ्ज फर्किने गरेको स्थानीयले बताएका छन् ।

    स्थानीय अवजसिंह धामीले हात्ती नियन्त्रणका लागि वडा कार्यालय र निकुञ्ज प्रशासनमा जानकारी गराइएको भए पनि प्रभावकारी पहल नभएको गुनासो गर्नुभयो ।

    ‘रातभरि त्रासमै बस्नुपरेको छ’ उहाँले भन्नुभयो– ‘कहिले घरमै छिर्छन् भन्ने डर छ ।’

    निकुञ्जसँग सटिएका मरघटिया र वैशाखा शिविरमा हरेक वर्ष हात्तीले बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्‍याउने समस्या दोहोरिने गरेको छ । बाली पाक्ने समयमा हात्तीको आवतजावत झन् बढ्ने गरेको स्थानीयको अनुभव छ ।

    बस्तीका अगुवा सुम्ला रानाले वन्यजन्तु संरक्षण आवश्यक भए पनि मानव सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए ।

    ‘संरक्षणसँगै सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्छ’ उनले भन्नुभयो ।

    स्थानीयले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, सोलार बत्ती, सायरन जडानलगायतको माग गरेका छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ ।

    स्थानीयका अनुसार समयमै प्रभावकारी कदम नचालिए दोहोरिँदै आएका यस्ता घटनाले कुनै पनि बेला ठुलो मानवीय क्षति निम्त्याउन सक्ने जोखिम बढ्दै गएको छ । (रासस)

    सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.