बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ ।
राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित सांसद हुनुहुन्थ्योे ।
बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस निर्वाचन क्षेत्रमा रहेका एमाले, कांग्रेसलाई जनमोर्चालगायतका उम्मेदवार चुनौतीका रुपमा आएका छन् ।
यस क्षेत्रमा अन्य दलले एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् भने राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने गठबन्धन गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ ।
राष्ट्रिय जनमोर्चाको आधार इलाका रहेको बागलुङ क्षेत्र नम्बर एक बाट यस अघि चित्रबहादुर केसी सांसद हुनुहुन्थ्यो ।
उम्मेदवार अधिकारी नेकपा मसाल र त्यसको मोर्चा सङ्गठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौँबाट राजनीति सुरु गर्नुभएको अधिकारी चित्रबहादुर केसीको निजी सचिवसमेत हुनुभएको थियो ।