• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’


  •   शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
  • सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

    Advertisement

    अमिरिका चौधरी केही बोल्न खोज्नुहुन्छ, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उहाँको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर ।

    बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को आवाज गुञ्जिरहेको छ, चोकचोकमा नारा लागिरहेका छन् । तर लहान–१५ को यो सानो घरभित्र, त्यही कोलाहलले सन्नाटालाई चिर्नुको साटो उल्टै बिझाउने बनाइदिएको छ । मानौँ, बाहिरको उत्सवले यहाँको शून्यतालाई झनै गिज्याइरहेको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा गाउँबस्ती चलायमान छ । टोलटोलमा भेला छन्, घरघरमा उम्मेदवारका प्रतिबद्धता । तर अमिरिकाका लागि यी दृश्यहरू उत्सव होइनन्, बरु एउटा पीडादायी पुनरावृत्ति हुन् । हुलमुल र नारा देख्नासाथ उहाँका मन त्यही दिनतिर फर्किन्छ, जहाँबाट उहाँको सिउँदोको सिन्दूर र छोरीको भविष्य सधैँका लागि धुमिल भयो ।

    लहान–१५ सिमलटोलका २७ वर्षीय विजय चौधरी गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा ‘जेनजी’ आन्दोलनमा सहभागी हुनुहुन्थ्यो ।

    सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका विजयको छातीमा प्रहरीको गोली लाग्यो । आन्दोलनको पहिलो दिन नै प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । साथीहरूले उहाँलाई तत्काल सिभिल अस्पताल पुर्याए, तर त्यतिन्जेल उहाँको प्राण गइसकेको थियो ।

    घरको कान्छो छोरो, जसको काँधमा आमाबुबाको औषधि र छोरीको भविष्य टिकेको थियो, ऊ कहिल्यै नफर्कने गरी अस्तायो । विजय पाँच वर्षदेखि काठमाडौँमा ‘हाउस वायरिङ’को काम गर्नुहुन्थ्यो । उहाँको कमाइले घर चल्थ्यो । आमाबुबाको औषधि, घरखर्च, छोरीको भविष्य ।

    शान्त स्वभावका विजय कसैसँग झगडा नगर्ने बानी थियो । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्नुहुन्थ्यो । तर अन्याय र अत्याचारविरुद्ध भने चुप नबस्ने बानी थियो । त्यही विद्रोही चेतले उहाँलाई सडकको आन्दोलनमा पुर्यायो ।

    विजयको मृत्युको खबर सुन्नासाथ दाइ अजय चौधरी वैदेशिक रोजगारीबाट फर्किनुभयो । तर परिवारले छोराको जिउँदो मुख देख्न पाएन । घटना भएको नौ दिनपछि मात्र सेनाको हेलिकप्टरमार्फत विजयको शव लहान ल्याइयो । घरव्यवहार टार्ने मुख्य सदस्यको शव बुझ्नुको पीडा यो परिवारले अझै भुल्न सकेको छैन ।

    विजयकी आमा जलेश्वरी देवी अचेल टोलाएर बस्नुहुन्छ । मोबाइलमा छोराको फोटो हेरेर चित्त बुझाउने प्रयास गर्नुहुन्छ । काखमा सानी नातिनी लिएर टोलाउनुहुन्छ । कहिलेकाहीँ त्यही नातिनीले मन बहलाउँछिन्– सहिद विजयले छाडेर गएको अन्तिम चिनो ।

    छोरी दिवान्सीले बाबाको नाम लिएर खोज्दा अमिरिका चौधरीको मन बेस्सरी पोल्छ । अवोध बालिकालाई कसरी सम्झाउने भन्ने शब्द उहाँसँग छैन । त्यही पनि उहाँ भनिदिनुहुन्छ, “बाबा काठमाडौँ जानुभएको छ, छिट्टै आउनुहुन्छ ।” तर त्यो झुटो आश्वासनले उहाँको मन अझ भारी बनाउँछ ।”

    मम्मीभन्दा बढी बाबासँग लुटपुटिएर बस्ने दिवान्सी अचेल हरेक भीडमा, हरेक आवाजमा बाबालाई खोजिरहेकी हुन्छिन् । चुनावी र्यालीका चर्का नाराले, भीडका दृश्यले विजयकी आमालाई पनि पुरानो पीडा झनै ताजा बनाइदिन्छ । “छोरो बाँचेको भए ऊ पनि अरु जस्तै चुनावमा लाग्थ्यो”, विजयकी आमा जलेश्वरीदेवी भन्नुहुन्छ, “उनीहरूलाई देख्दा छोराको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ ।”

    चुनावी अभियान सुरु भएदेखि अमिरिका चौधरीलाई उकुसमुकुस भएको छ । बाहिर राजनीति चलिरहँदा, उहाँ भित्रभित्रै आफ्नो जीवन सम्हाल्न सङ्घर्ष गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “जे माग राखेर सहिद भए, ती माग पूरा होउन् । जसले मेरो श्रीमान्लाई मार्यो, उसलाई कानुनी कारबाही होस् । नेपाली जनताले फेरि दु:ख नपाऊन् । फेरि आन्दोलन नहोस् । कोही सहिद बन्न नपरोस् ।”

    नगरपालिकाले उहाँलाई वडा कार्यालयमा करारको जागिर दिएको छ । त्यसले केही राहत दिएको छ, तर त्यो राहतले विजयको अभाव भरिँदैन । बाहिर चुनावी राजनीति चलिरहेछ, तर यो सहिद परिवार आफ्नै शोकसँग जुधिरहेको छ ।सुदीप राउत(रासस)

    शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.