• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले


  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् ।

    Advertisement

    दोसल्लेका किसानले विगतको तुलनामा यसपाली राम्रो मूल्य पाएका छन् । यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट ९बीस किलो० रु एक हजार ७०० मा बिक्री हुने गरेको थियो । यसपालि प्रतिक्रेट रु दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको स्थानीय विकास श्रेष्ठले बताउनुभयो । “किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था हटाउन सबै मिलेर मूल्य निर्धारण गरेका हौँ,” उहाँले भन्नुभयो “अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट रु तीन हजार २०० सम्म मूल्य तिर्न तयार छन् ।”

    बयालिस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट रु एक करोड ६० लाख भित्रिएको थियो ।

    यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताउनुभयो । पोखरा र काठमाडौँका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।

    दोसल्लेका सबै घरले सुन्तलाखेती गरेका छन् । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।

    “पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्न पनि कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ,” उहाँले भन्नुभयो “सुन्तलाबाटै गाउँलेको जीवनस्तर बदलिएको छ,”
    पाइजाका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तलाखेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेती विस्तार गर्दै लगेका छन् ।

    परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटले फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक रु तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ ।

    दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका स्थानीय मायादेवी गर्बुजाले बताउनुभयो ।

    सोमबार, माघ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.